बेनी । नेपाली कांग्रेस म्याग्दीको आठौं पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समिक्षा र भावि योजनाहरुको बिषयमा गरिएको छ । जिल्ला ,प्रदेश , पालिका र वडाका पदाधिकारीहरु बिच चुनावको समिक्षा गरिएको हो ।म्याग्दीमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेद्वाहरु प्रतिनिधिसभा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’,प्रदेशसभा (क)मा माओवादी केन्द्रका हरि भण्डारी र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली विजयी हुनुभयो । बैठकमा सहभागी नेताहरुले विजयी उम्मेद्वारहरुलाई बधाई, मतदाता र गठबन्धनका नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदै संगठन निर्माण, रचनात्मक र सिर्जनशिल काम गरेर पार्टी र नेतृत्वलाई जनतासमक्ष स्थापित गराउनुपर्ने बताएका थिए ।
[caption id="attachment_64628" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
निर्वाचित सांसदहरुलाई तल्लो तहका नागरिकको आवश्यकता, समस्या सम्बोधन गर्ने जनमैत्री कानुन र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नेताहरुले सुझाएका थिए । म्याग्दीमा गठबन्धनमा इमान्दारिता र प्रभावकारी भएको नेताहरुको निस्कर्ष थियो । नेताहरुले गठबन्धन सफल भएपनि २०७४ को तुलनामा कांग्रेसको जनमत घटेको बताउँदै गम्भिर समिक्षा गरेर संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए । आगामी चुनावमा संगठनलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो ।
[caption id="attachment_64624" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
कांग्रेस गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ ,संविधान सभा सदस्य तथा कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँ ,पुर्वसहसभापति नेत्रबहादुर महत ,उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र चुनावी परिचालन समिति संयाेजक केवी भण्डारी ,निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी ,निवर्तमान सचिव क्याप्टेन मिनबहादुर कार्की ,कोषाध्यक्ष अमृतमान शेरचन ,महाधिवेशन प्रतिनिधि तथा वरिष्ठ अधिवत्ता चिरञ्जिवी शर्मा ,कांग्रेस प्रदेश सभा (क)का उपसभापति सुजन बरुवाल ,(ख)का उपसभापति गोपाल भट्टचन ,बेनी नगरपालिकाका कार्यवाहक सभापति हरिप्रसाद पौडेल ,रघुगंगा गाउँपालिका सभापति मनकुमार शेरपुजा ,मालिका गाउँपालिका सभापति खिमबहादुर पुन र अन्नपुर्ण सभापति कृष्णप्रसाद बरुवाल लगायतले म्याग्दीमा गठन्धन सफल भएको बताउनुभयो । जनताले सांसदबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै समग्र जिल्लाको विकास ,नागरिकको आवश्यकता र समस्या समाधान गर्ने खालका कानुन निर्माणमा सकरात्मक पहल र अग्रसर भएर भुमिका निभाउन आग्रह गर्नुभयो । यसैगरी जिल्लामा सुस्त गति र अलपत्र अवस्थामा रहेका निर्माणाधिन विकास आयोजनाहरुलाई गति दिन पहल थाल्न समेत आग्रह गर्नुभयो ।
[caption id="attachment_64625" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सांसद गर्बुजाले मतदाता ,कार्यकर्ता तथा नेताहरुलाई धन्यवाद व्यक्त गर्दै पाँच बर्षे कार्यकालमा जिल्लाको विकास ,जिल्लाबासीको आवश्यकता र जनमैत्री कानुन निर्माणका लागि आफुले संसदमा आवाज उठाउने र पहल गर्ने उद्घोष गर्नुभयो । ‘गठबन्धन ,पार्टी र मतदाताको अपेक्षा र विश्वासलाई पुरा गर्न प्रदेश र केन्द्रमा हस्तक्षेपकारी भुमिका निभाउने प्रतिबद्ध छु ,’उहाँले भन्नुभयो ,‘जिल्लामा निर्माणाधिन विकासका आयोजनाहरु सुस्त र अलपत्र अवस्थामा छन् । तिनको समस्या समाधानका लागि प्राविधिक कठिनाईको बारेमा अध्ययन र सबैसंग छलफल गर्दैछु ।’
[caption id="attachment_64623" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
उहाँले २०७४को निर्वाचनको तुलानामा अहिले कांग्रेसको जनमत घटेको बताउँदै संगठन निर्माणमा जुट्न समेत सबैलाई आग्रह गर्नुभयो । बैठकमा सचिव हिराबहादुर पुन र सहसचिव श्रीराम पौड्यालले कार्यक्रम संचालन गर्नुभएको थियो । बैठकमा कांग्रेस घार वडा सभापति कृष्ण बरुवालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । निर्माण व्यवसायी समेत रहनुभएका वडा सभापति बरुवालको केही दिन अघि मात्र म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो ।
[caption id="attachment_64629" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64626" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64622" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64621" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64620" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64619" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64618" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64617" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]