शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • शैक्षिक विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ःअध्यक्ष क्याप्टेन पुन
शैक्षिक विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ ःअध्यक्ष क्याप्टेन पुन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, कात्तिक २४, २०७६
vurung tatopani (2)

सर्बोदय माविद्धारा देउसी भैलोको आयव्यय सार्वजनिक तथा सम्मान

सुरेन गुरुङ
पोखरेबगर,आइतबार कात्तिक २४ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका –२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविले बस संचालनार्थ शुभ दिपावलीको अवसरमा आयोजित देउसी भैलोको आयव्यय सार्वजनिक तथा देउसी भैलोमा सहभागी कलाकार ,शिक्षक र विधार्थीलाई सम्मान गरेको छ । आइतबार विद्यालयले एक कार्यक्रमको समारहोका विच हिसाबकिताव सार्वजनिक तथा सम्मान गरेको हो । विद्यालयले सञ्चालन गरेको स्कुल बस सञ्चालनार्थ देउसी भैलोबाट ५ लाख पाँच हजार ७ सय ४० रुपैयाँ संकलन भएको विद्यालयका प्रअ किसन बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार देउसी भैलो सञ्चालनमा साढे एक लाख रुपैयाँ बढी खर्च भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले देउसी भैलोले चावपर्व,संस्कृतीको संरक्षण तथा शैक्षिक विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । सामुदायीक विद्यालयमा बस संचालनका लागि गाउँपालिकाले बजेट विनियोजन संगै आवश्यक पहल गर्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाले शैक्षिक क्षेत्रको विकास तथा निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजनको तयारीमा रहेको जानकारी दिनुभया्े । ‘गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको छ,’अध्यक्ष क्याप्टेन पुनले भन्नुभयो । ‘गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर बृद्धी ,दरबन्दी मिलान,भौतिक पुर्वाधार निर्माण संगै निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक निति,योजना निर्माण तथा बजेट विनियोजन गरिएको छ ।’ देउसी भैलोबाट संकलित रकमलाई सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउन सरकारको मात्र एकल लगानी नभई शिक्षक ,विद्यार्थी तथा समुदायको उत्तिकै महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्नुभयो । साथै उहाँले गाउँपालिका भित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष ओमप्रसाद फगामीले देउसी भैलो संचालनबाट संकलन भएको रकम सही सदुपयोग गर्न आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनको अध्यक्षता तथा शिक्षक नविन पुनको संचालन तथा मुरारी पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा देउसी भैलो संयोजक श्याम राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैगरी सोही कार्यक्रमको अवसरमा किम्ला खर्क सामुदायीक वनउपोभोक्ता समेतिबाट ५५ हजार ५ सय ५५ रुपैयाँ , मितेरी आमा समुह ठुलो बगरबाट २० हजार रुपैयाँ तथा शिक्षक शिक्षीका अन्य समाजसेविहरुको तर्फबाट गरी १लाख ८० हजार रुपैयाँ संकलन भएको देउसी भैलो संयोजक रानाले जानकारी दिनुभयो ।


क्लब ,आमा समुह तथा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साथै सोही कार्यक्रमको अवसरमा कोरियन टेलिकमाले प्रदान गरको फस स्टेपको ब्याग जनप्रतिनिधी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सामाजिक व्यत्तित्वहरुलाई वितरण गरिएका विद्यालयका प्रअ पुनले जानकारी दिनुभयो ।


प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  २२:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP