बेनी । म्याग्दीको बेनी नगरपालिका–७ ,बेनी स्थित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडा नम्बर ४ स्थित सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।
[caption id="attachment_64676" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
सहकारीको २२ औं स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्का (भगवान) र प्रअ भुवनप्रसाद रेग्मीलाई नगद २५ हजार ५५५ रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
[caption id="attachment_64677" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको सहकारीले यस बर्ष सुस्त श्रवण क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने स्रोत कक्षालाई सहयोग गरेको सहकारीका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।स्रोत कक्षामा हाल ११ जना बालबालिकालाई आवासीय सुविधा र पठनपाठनको व्यवस्था मिलाइएको धवलागिरी माविका प्रअ भुवनप्रसाद रेग्मीले बताउनुभयो ।
[caption id="attachment_64678" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
यसअघिको वार्षिकोत्सवमा उज्यालो वैकल्पिक विद्यालय, मौवाफाँटको दृष्टिविहिन र बगुवाखोलाको वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग गरेको सञ्चालक समितिका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो ।बेनीमा दुई वटा मात्र बैंक भएको अवस्थामा स्थापना भएको बेनी बचतले स्थापनाकालदेखिनै सेयर सदस्यहरुको विश्वास जित्न सफल भएको संस्थापक उपाध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।