बेनी । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौं साधरणसभा तथा चौथों अधिवेशनबाट अध्यक्ष पदमा गौतम सर्वसम्मत चयन हुनुभएको हो । पत्रकार समेत रहनुभएका गौतम यस अघि कार्यसमितिको प्रथम उपाध्यक्ष हुनुन्थ्यो । गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको उपाध्यक्ष समेत हुनुहुन्छ ।
[caption id="attachment_64712" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
कार्यसमितिको प्रथम उपाध्यक्षमा खमबहादुर थापा मगर ,द्धितिय उपाध्यक्षमा लोक बहादुर पुन (लोकेश) ,महासचिवमा विनय श्रेष्ठ ,सचिवमा दिपक श्रेष्ठ , कोषाध्यक्षमा सन्दिप खत्री र सह–कोषाध्यक्षमा दिलकुमारी पुर्जा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सन्तोष गौतम,नन्दकुमार पाइजा ,कमल खत्री ,सचिन शाक्य चौधरी ,नेत्रराज सुवेदी ,कृष्ण जिसी ,मिना राम्जाली र टकसरा राना चयन हुनुभएको छ ।
[caption id="attachment_64715" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विपन्न परिवारका विरामीको उपचारमा शान्ति कोषले गरेको सहयोग प्रशसनीय रहेको बताउनुभयो । ‘ शान्ति कोषले विपन्न म्याग्दीली जनताको उपचारमा ठुलो सहयोग गरेकोमा कोषका पदाधिकारी ,देशविदेशमा रहनुभएका चन्दादातालाई धन्यवाद दिन चाहन्छु ,’ उहाँले भन्नुभयो ,‘ नेपाली जनताहरुको लागि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्छ,त्यसको लागि मैले पार्टी र संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सांसद गर्बुजाले कोषले प्रकाशन गरेको सहयात्रा स्मारिकाको तेस्रो अंक लोकार्पण समेत गर्नुभएको थियो । सांसद गर्बुजाले शान्ति कोषको आजिवन सदस्य समेत बन्नुभएको छ ।
[caption id="attachment_64730" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
गण्डकी प्रदेश सदस्यद्धय रेशम जुग्जाली र हरी भण्डारीले शान्ति कोषले जिल्लामा विपन्न परिवारका विरामीको लागि खेलेको भुमिका उदाहरणीय भएको बताउँदै प्रशंसा गर्नुभयो । विपन्न परिवारको उपचार ,प्रकोप लगायत हरेक समयमा म्याग्दीली जनताको ठुलो भुमिका रहेको बताउनुभयो । शान्ति कोषलाई राजनितिक मुक्त संस्था बनाउनुपर्नेमा जोड दिनुभयो । जिल्लाको विकास र परिवर्तनको लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गौतमले विपन्न परिवारका विरामीको उपचारका लागि प्रभावकारी रुपमा अभियान संचालन र सहयोग गर्ने बताउनुभयो ।
[caption id="attachment_64722" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64727" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64731" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64724" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64719" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64720" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64721" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64723" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64718" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64714" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64716" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
[caption id="attachment_64717" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति केवि भण्डारी,ओम कुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्र कुमार केसी, निवर्तमान अध्यक्ष राजेश शाक्य, सल्लाहकार सन्तोष रावल,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर खत्री ,निसा सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत, महासचिव लोकेश पुनमगरको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनय श्रेष्ठको आर्थिक प्रतिवेदन रहेको कार्यक्रमको संचालन सचिव सन्दिप खत्रीले गर्नुभएको थियो । कोषको संरक्षक सदस्यमा ४१ जना, आजिवन सदस्य ८८० जना रहेका संस्थाले आर्थिक संकलन र कोषको प्राप्त ब्याजबाट हालसम्म २७९ जनाको उपचारमा आर्थिक सहयोग गरेको छ । कोषले छिट्टैनै २ करोड ५० लाख रुपैयाँको अक्षकोष घोषणा गर्ने लक्ष्य लिएको छ ।
हाइपोप्लाष्टिक एनिमिया रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका –४ की ओमकुमारी पुन ९शान्ति० को उपचार गर्ने तथा उहाँलाई बचाउने हेतुले सुरु भएको शान्ति बचाउ अभियान पछि गएर ओमकुमारी शान्ति कोषको रुपमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएर अगाडी बढेको संस्थाका अध्यक्ष राजेश शाक्यको भनाइ छ ।
शाक्यका अनुसार बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो । त्यस वखत शान्ति बचाउ अभियानमा संकलन भएको रकमलाई संस्थागत रुपमा बचत गर्ने र गरिब बिरामीको उपचारमा खर्चिने उद्देश्यसहित २०७१ असोज २९ गते ओमकुमारी शान्ति कोष जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।