शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा
बेनी र मोहनचोकमा सिवाइसीको सेवा केन्द्र स्तरीय साधारणसभा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस ४, २०७९
IMG_3769
बेनी । म्याग्दीका बेनी र पर्वतको जलजला गाउँपालिका–७ ,मोहनचोकमा आइतबार सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र इकाई स्तरीय साधारणसभा सम्पन्न भएको छ । बेनीमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा र मोहनचोकमा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रममा जिसस प्रमुख थापा र गाउँपालिका अध्यक्ष आचार्यले सहकारीलाई बचत र ऋणका साथ साथै सामाजिक र आर्थिक क्रियाकलापमा जोड्न सिवाइसीले गरेका प्रयास अन्य सहकारीहरुका लागि पनि उदाहरण बनेको बताउनुभयो । बेनी सेवा केन्द्रका असल बचत कर्ता कृष्णप्रसाद अर्याल, ऋणी सदस्य प्रजामान श्रेष्ठ, सदस्य दिलकुमारी घर्ती र बाल बचत कर्ता श्रेया आचार्यलाई सम्मान गरिएको थियो । ८० वर्ष पुरा गर्नुभएकी बेनपा ६ की भरी पाध्यायलाई स्वास्थ्य जाँच खर्च उपलब्ध गराइएको थियो । कार्यक्रममा आर्थिक बर्ष ०७८÷०७९ को प्रगती प्रतिबेदन र ०७९÷०८० को प्रस्तावित नीति तथा कार्यक्रम संगै सेवाकेन्द्रको हाल सम्मको प्रगति प्रतिवेदन, सिवाइसी साकोसको संक्षिप्त विवरण र सिवाइसी साकोसबाट प्राप्त हुने वित्तीय तथा गैर वित्तीय जस्तैः बचत सेवा, ऋण सेवा, अध्वदैहिक राहत (मृत्यु राहत), सुत्केरी पोषण सुविधा, जेष्ठ नागरिक पेन्सन सुविधा, जेष्ठ नागरिक औषधी उपचार सुविधा, बिमा सुविधा, ऋण बिमा सुविधा, एकल महिला पेन्सन सुविधा, मोवाइल बैङकिङ सुविधा, मिस्डकल बैङ्किङ सुविधा, एटिएम सुविधा, रेमिटान्स सेवा, चौरासी पुजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, शैक्षिक सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा आदिको बारेमा जानकारी गराइएको थियो । बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका सचिव मदन सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २५ वटा सेवाकेन्द्र, २३ हजार ६५७ जना सदस्य, रु. १४ करोड ८८ लाख ६१ हजार शेयर पुजिँ रहेको सहकारीमा गत आर्थिक वर्षमा रु. तीन अर्ब ८८ करोड ३२ लाख एक हजार बचत, रु. एक अर्ब ५५ करोड २६ लाख ३७ हजार ऋण लगानी रहेको जानकारी दिनुभयो । ११२ जना कर्मचारी रहेको सहकारीले गत वर्ष ६९ जनालाई पेन्सन, २९७ जनालाई सुत्केरी पोषण र ५३३ जनालाई अध्वदैहिक राहत (मृत्यु राहत) वितरण गरेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताउनुभयो । म्याग्दीको दरवाङ, मुस्ताङ र पोखरामा सदस्य सेवा केन्द्र स्थापना गर्ने तयारी गरेको सहकारीका सहसचिव सुवास आचार्यले बताउनुभयो ।बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका कोषाध्यक्ष माधवप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हुँदा खाँदासँग भएको पैसा हुँदाखाँदा सम्म पु¥याउने भन्ने मुल नारा बोकेको सहकारीले प्रविधिको प्रयोग गरेर एटिएम, मोवाइल जस्ता अध्याधुनिक सेवा दिएको बताउनुभयो । बेनी सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तुलसीनाथ सुवेदी (रामप्रसाद)को अध्यक्षतामा भएको कार्यक्रममा बेनपा ८ का अध्यक्ष उत्तम कर्माचार्य, दिपेन्द्र श्रेष्ठ, सन्तोष रावल, धनञ्जयकुमार श्रेष्ठ, सिवाईसी नेपाल लघुवित्तका सञ्चालक कृष्णबहादुर थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सिवाईसी साकेस जलजला सदस्य सेवा केन्द्रका सह संयोजक हरेम बहादुर खत्रीको अध्यक्षता, सचिव पुष्पा केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा इन्दुप्रकाश आचार्यले स्वागत, कोषाध्यक्षको प्रतिवेदन अनिता मल्ल केसीले प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०७:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP