शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकामा ४५ दिने निशुल्क कुक तालिम
रघुगंगा गाउँपालिकामा ४५ दिने निशुल्क कुक तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस ५, २०७९
IMG_0008
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्बर तिप्ल्याङमा ४५ दिने निशुल्क कुक तालिम सुरु गरेको छ । मंगलबारदेखि तिप्लायङमा ‘गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम’ अन्र्तरगत ४५ दिने व्यवासायिक कुक तालिमको शुभारम्भ गरिएको हो । ४५ दिन सम्म सञ्चालन हुने तालिममा गाउँपालिका भित्रका ४० जनाको सहभागिता रहेको छ । तालिममा तिप्याङका २५ जना र प्रत्येक वडामा सञ्चालन भएका होमस्टेबाट दुई÷दुई जना गरि ४० जनालाई तालिम दिईने गाउँपालिले जनाएको छ । तालिममा सहभागीलाई काठमाडौं एसिएन हस्पीलाटी एकेडेमीका रविन घले र अविसेक दियालीले प्रशिक्षण दिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुबेदीले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले सिपमुलक तालिम मार्फत युवाहरुलाई आर्थिक आयआर्जन संग जोड्न तालिमको आयोजना गरिएको बताउनुभयो । उहाँले यो आर्थिक बर्ष विभिन्न कार्यक्रम अन्तरगत करिब एक हजार जनालाई सिपमुलक तालिम दिईने बताउनुभयो । ‘हामीले विशेष युवाहरु लक्षित तालिमको आयोजना गरेका छौँ,यसले युवाहरुले रोजगारीको अवसर पाउछन् ।’तालिममा सहभागीलाई नेपाली, इन्डेन, चाइनिज, कन्टीडेन्टल लगायतका खानाका परिकार बनाउन सिकाईने प्रशिक्षक घलेले बताउनुभयो । तालिमको उद्घाटन कार्यक्रम वडा सदस्य बलमान गौचनको अध्यक्षता, सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP