शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)
विद्यालय र संघ संस्थाहरुलाई ११ लाख रुपैयाँ बढी सहयोग (तस्विरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, पुस ५, २०७९
help preogramme (2)
बरंजा । यहाँका एक परिवारले विद्यालयहरुलाई चार लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मङ्गला गाउँपालिका वडा नम्बर ३ घर भई हाल बेलायत निवासी शिला थापा ,मंगली पुन ,छोरी प्रमिला थापा र विपना थापाले वडा नम्बर ३ र ४ का आठ वटा विद्यालयलाई चार लाख २१ हजार ६३० रुपैयाँ सहयोग गर्नुभएको हो । विद्यालयमा अध्ययनरत गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृति वितरणका लागि उक्त रकम सहयोग गर्नुभएको हो । उक्त सहयोग रकम सोमबार मण्डली आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा सबै विद्यालयका प्रअहरुलाई हस्तातरण गर्नुभयो । आरती, जनप्रति, शिवालय, जनता, दुर्गा र पखेर आधरभूत विद्यालयलाई प्रति विद्यालय पचास हजार १०५ रुपैयाँका दरले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । मण्डली आधारभूत विद्यालय खानीगाउँलाई एक लाख पाँच हजार रुपैयाँ मुल्य बराबरको ल्यापटप र १६ हजार रुपैयाँ नगद, जनप्रिय आधारभुत विद्यालयलाई १० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराउनुभएको छ । बरङ्जाको ऐतिहासिक एव सांस्कृतिक धुले मेला पर्व सञ्चालनका लागि स्टेज भवन र शौचालय निर्माण गर्न पाँच लाख रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी सोही परिवारले वडा नम्बर ३ र ४ वडाका वन उपभोक्ता समिति ,आमा समुह ,युवा क्लब ,नौमति बाजा समुह लगायतलाई गरी १ लाख ८५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । भने स्थानीय १०५ जनालाई पोशाक वितरण गरिएको छ । बरंजामा रहेका ९ वटा आमा समूहलाई १०÷१० हजार रुपैयाँका दरले ९० हजार सहयोग गर्नुभयो । खर्कको जनप्रिय आधारभूत विद्यालय, न्यू स्टार यूवा क्लव र गिरी स्मृति युवा क्लवलाई १०÷१० हजार रुपैयाँ नगद र समाजसेवी आमा समूहलाई २५ हजार रुपैयाँ मूल्य बराबरको भाडा उपलब्ध गराउनुभयो ।बरंजाका ३ वटा नौमति बाजा समूहलाई ३५ हजार रुपैयाँ, आलडाडा सामुदायिक वन उपभोक्ता समूहलाई दश हजार, वाखु आल्टा बिजुली समाजलाई दश हजार रुपैयाँ, भजन मण्डली समूहलाई दश हजार रुपैयाँ र खुरखुरे सेवा समाजलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हिमाली आमा समूहका ३० जना, चिनाकोट आमा समूहका १०० र समाजसेवी आमा समूहका ७५ जना गरी २०५ जना लाई पोशाक वितरण गर्नुभएको थियो । धुले पर्व संरक्षण तथा भवन निर्माण समितिका अध्यक्ष रणबहादुर रोकाको अध्यक्षता र शिक्षक कृष्णप्रसाद सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा शिला थापा, मंगली पुन, प्रमिना थापा, विपना थापाले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहयोगदाताहरुलाई बरंजाका बासिन्दाले भब्य स्वागत र सम्मान गरेका थिए ।  
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २१:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP