शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • सहकारीले उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी बढाउनुपर्ने उपप्रमुख लामिछानेको भनाइ
सहकारीले उत्पादन र व्यावसायिक क्षेत्रमा लगानी बढाउनुपर्ने उपप्रमुख लामिछानेको भनाइ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस ११, २०७९
IMG_5039
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आज (आइतबार) २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्ष २०७९÷०८० सम्म कुल ५ सय ५ जना शेयर सदस्य रहेको सहकारीको ९१ लाख ६२ हजार तीनसय रुपैयाँ शेयर पुँजी रहेको छ । यसैगरी सहकारी संस्थामा जगेडा कोषतर्फ पाँचलाख ५९ हजार आठसय ३९ रुपैयाँ, अन्य कोष एकलाख १९ हजार सातसय ९६, बचततर्फ एक करोड ४५ लाख ८९ हजार छ सय १७, ऋण लगानी एक करोड ७४ लाख ८३ हजार छ सय ८७, शेयर राहत (बचत) कोष ६७ हजार पाँचसय ८४ र तरलता २८ लाख ६२ हजार चारसय ८९ रुपैयाँ रहेको सहकारीले जनाएको छ । साधारणसभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष चिना बानियाँले संस्थागत, सचिव दुर्गा केसीले प्रगति र कोषाध्यक्ष कमला अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा सहकारीले विभिन्न विधातर्फ सम्मान गरेको छ । सम्मानित हुनेहरुमा दैनिक बचततर्फ ओसिन श्रेष्ठ, मासिक बचतमा धनकुमारी शेरचन र मना गिरी, आवधिक बचततर्फ चन्द्रकुमारी खत्री, रामकुमारी गौचन, उत्कृष्ट कारोबारकर्ता देवी सार्की र लगानीतर्फ उमादेवी पुन रहनुभएको छ । उहाँहरुलाई मायाको चिनो कप उपहार दिएर सम्मान गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले सहकारी संस्थामार्फत ठूलो मात्रामा लगानी गरेर उत्पादन र निर्माण गर्न नसके पनि महिलाहरुको सशक्तिकरण भएको बताउनुभयो । उहाँले सहकारी सघसंस्थाहरुले आर्थिक कारोबार गर्ने मात्र नभई उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताउनुभयो । बेनी नगरपालिकाले सहकारीको नियमन गर्नका लागि आवश्यक कार्यविधि बनाएर पारित गरेको हुँदा नगर क्षेत्रमा सञ्चालित सहकारी संघसंस्थाहरुको अनुगमन गरिने उहाँले जानकारी दिनुभयो । सोही कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सहकारी संस्थाले समुदायस्तरमा छरिएर रहेका पुँजीहरुलाई एकीकृत गरेर ठूलो मात्रामा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले अब घरका दराजहरुमा हङकङ र सिङ्गापुरका डलर तथा साडी पट्याएर राख्ने समय परिवर्तन भएको बताउँदै दराजभित्र जीवनपयोगी सिपमूलक पुस्तकहरुको संग्रह गरी ज्ञान आर्जन गर्नुपर्नेमा जोड दिनुभयो । साधारणसभाको उद्घाटनसत्रमा सहकारीका पूर्व अध्यक्ष देवी केसी र सल्लाहकार जमुना आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष चिना बानियाँको अध्यक्षता, उपाध्यक्ष दिलमाया बिटालुको स्वागत र सचिव दुर्गा केसीको सञ्चालनमा सम्पन्न भएको थियो । साधारणसभाको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो । रोजगारी र समृद्धिका लागि महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमको इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १३:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP