शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख रुपैयाँ थप बजेट विनियोजन
रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः १ करोड ८५ लाख रुपैयाँ थप बजेट विनियोजन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस ११, २०७९
raghuganga gausava (6)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । [caption id="attachment_65022" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँसभाले वृहत घोप्टेखोला र बृहत चिमखोला पिप्ले भगवती खानेपानी योजनामा उपभोक्ता समितिले योजना सम्झौता गर्दा व्यहोर्नुपर्ने कुल लागतको १ प्रतिशत रकम बराबरको स्रोत गाउँपालिकाले व्यहोर्ने निर्णय समेत गरेको छ । संघीय सरकार मार्फत योजना सञ्चालनको तयारी गरिएको रघुगंगा गाउँपालिको वडा नम्बर २ भगवती, ३ पिप्ले र ७ चिमखोलालाई समेटने बृहत चिमखोला, पिप्ले भगवती खानेपानी आयोजना र वडा नम्बर ५ झिँ र ६ पाखापानीलाई समेट्ने बृहत घोप्टेखोला खानेपानी योजना सम्झौताको लागि उपभोक्ताले जुटाउनुपर्ने स्रोतका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । [caption id="attachment_65023" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] त्यसैगरि वडा नम्बर ५ झिँको वडा कार्यालय भवनको लागि थप रु २५ लाख बजेट विनियोजन भएको छ । सभाले प्रदेश र संघीय सरकार विशेष र समपुरक योजनाहरु समेत माग गर्ने निर्णय गरेको छ । प्रदेश समपुरक अन्तरगत पाखापानी–कोटगाउँ– रायखोर–घ्यासीखर्क सडकलाई रु ५० लाख, संघीय समपुरक कोष अन्तरगत झिँ वडा कार्यालयलाई थप रु ३० लाख, संघीय समपुरक अन्तरगत मुक्तिधाम मावि प्राविधिक धारको भवन निर्माण गर्न रु १ करोड ५० लाख बजेट माग गर्ने निर्णय समेत गरेको छ । त्यसैगरि संघीय विशेष अनुदान अन्तरगत वडा नम्बर १ बेगको भुँइपाईले फुटवल खेलमैदान, वडा नम्बर २ को बैँसेरी–साझापानी लिफ्ट सिँचाई योजना, वडा नम्बर ४ को शिव आधारभुत विद्यालय पुननिर्माण, वडा नम्बर ५ को उच्च उचै खेलमैदान, र वडा नम्बर ३ को रघुगंगा माविको खेलमैदान निर्माणका लागि बजेट माग गरिएको छ भने प्रदेश विशेष अनुदानमा वडा नम्बर ५ को गौरव आधारभुत विद्यालयको पूर्वाधार निर्माणको योजना माग गर्नुका साथै विभिन्न खोलाहरुमा वारपारका लागि झोलुङ्गे पुलहरु समेत माग गर्ने निर्णय गरिएको छ । सभाले जग्गा वर्गीकरणका लागि स्थानीय जग्गा बर्गीकरण कार्यान्वयन समिति गठन गरि समिति मार्फत नै आवश्यक कार्य अघि बढाउने निर्णय गरेको छ । गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक बर्षमा निर्वाचन लगायतका कारण योजना कार्यान्वयनमा ढिलाई भएको बताउँदै योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत वडाहरु र उपभोक्ताहरुले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सिमित स्रोत र साधनका बिच गाउँपालिकाले अत्याबश्यक आबश्यकताहरुलाई प्राथमिकतमा राखेर योजना छनौट र बजेट विनियोजन गरेको बताउँदै पालिकाको स्रोत र साधनले नभ्याउने योजनाहरुका लागि प्रदेश र संघीय सरकारमा पहल गरिने बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीप अधिकृत कृष्णप्रसाद ढकालले निर्वाचन पछि पालिका मार्फत सञ्चालन हुने योजनाहरुको कार्यान्वयनको गति बढेको बताउँदै पालिका मार्फत सम्पादीत प्रगतिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष एवम् प्रवक्ता शेरपुञ्जा र वडा नम्बर ३ का अध्यक्ष खिमबहादुर शाहीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मालपोत अधिकृत कृष्णबहादुर कार्की र नापी अधिकृत तुलसी प्रसाद पौडेलले स्थानीय जग्गा बर्गीकरण कार्यान्वयन समितिको क्षेत्राधिकार, काम , कर्तव्य र सिमाहरुको बारेमा जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र लेखा अधिकृत खगराज सुवेदीले सञ्चालन गर्नुभएको सभामा विभिन्न योजनाहरुको संसोधन, कार्यपालिका बैठकका निर्णय अनुमोदन समेत गरिएको गाउँपालिकाका आन्तरिक लेखा परीक्षक कुशल ढुंगानाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  २३:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP