शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • ‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)
‘मिडिया सोसाइटी अवार्ड’ पत्रकार गौतमलाई (तस्विरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, पुस १३, २०७९
IMG_7433
म्याग्दी । म्याग्दीमा क्रियाशिल पत्रकार सन्तोष गौतम ‘मिडिया सोसाइटी अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा बुधबार अन्नपूर्ण गाउँपालिका–४,स्थित पर्यटकीय स्थल नारच्याङ झरनामा आयोजित समारोहमा आठ हजार ८०० रुपैयाँ नगद सहित गौतमलाई पुरस्कृत गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल , संस्थाका अध्यक्ष कमल खत्री, संस्थापक अध्यक्ष गोपाल छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण–४,का वडा अध्यक्ष लोकबहादुर फगामीले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव समेत रहनुभएका गौतम वि.स. २०६४ साउन देखि राससमा आवद्ध हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिनुभयो । दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया र हरिकृष्ण गौतम पुरस्कृत भइसक्नुभएको छ । गाउँपालिका अध्यक्ष पुनले ग्रामिण क्षेत्रका समस्या र सम्भावना उजागर गर्दै विकास र शुसासनका मुद्दालाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । स्थानीय पत्रकारको संरक्षण र सञ्चार माध्यमको सवलीकरणका लागि गाउँपालिका तयार रहेको अध्यक्ष पुनले बताउनुभयो । उहाँले गाउँपालिकाले पर्यटकीय क्षेत्रमा पुर्वाधार विस्तार र प्रवद्र्धन गर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्मा पौडेलले गाउँपालिकाको विकास ,पर्यटन प्रवद्र्धन लगायत क्षेत्रका प्रचारप्रसार गर्न संचार माध्यमको ठुलो भुमिका रहेको उल्लेख गर्नुभयो । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलले जिल्लामा पत्रकारिताको विकासका लागि स्थानीय सञ्चार माध्यमको सवलीकरण हुन आवश्यक रहेको बताउनुभयो । वडा अध्यक्ष फगामीले दश वटा भन्दा बढी जलविद्युत आयोजना निर्माण र निर्माणाधिन रहेको नारच्याङमा अन्नपूर्ण प्रथम हिमाल अवस्थित भएको विषयमा प्रचारप्रसारमा सघाउन आग्रह गर्नुभयो । संस्थापक अध्यक्ष छन्त्याल र अध्यक्ष खत्रीले श्रमजिवी पत्रकारको क्षमताको विकास र जिल्लामा सञ्चालित संचार माध्यमको सवलीकरण गर्ने उद्धेश्यले स्थापित संस्थाले सोही अनुसार काम गर्दै आएको बताउनुभयो । विकट ठाउँमा सञ्चार माध्यम सञ्चालन गर्नु चुनौतीको विषय भएको बताउँदै सञ्चार माध्यम र स्थानीय तह बिचको सहकार्यलाई थप प्रभावकार बनाउनुपर्नेमा जोड दिनुभयो । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुँदै नारच्याङ घोषणापत्र जारी गरेको छ ।    
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  २१:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP