शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह
विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस १५, २०७९
322084346_526419826100675_7351498262242981791_n
बेनी । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८ न्युरोडमा रघुगंगा डेरी एण्ड जुस कर्नर सञ्चालनका लागि सहकारीले ३ वर्ष अगाडी शर्मालाई युवा स्वरोजगार कोष मार्फत को कर्जा लगानी गरेको थियो । पसल जलेर नस्ट भएपछी सोही मिति सम्म सस्थामा किस्ता बापत बाँकी रहेको  ६७ हजार ५०० रुपैयाँ बराबर को रकम युवा स्वरोजगार कोष र राष्ट्रिय बिमा कम्पनीको सहकार्यमा मिनाहा गरेको प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।कर्जा लगानि गरेकै समय मा पसल को बिमा गरिदिएको लोकदीप साकोसले पसल जलेर तिर्न सक्ने अवस्था नभएपछि बाँकी रहेको किस्ता मिलाउन को लागि बिमा कम्पनीमा पहल गरेको थियो । ढिलै भएपनी आफुले तिर्नुपर्ने किस्ता बापत रकम तिर्नु नपर्दा राहत मिलेको सञ्चालक शर्माले बताउनुभयो । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले सहकारी संस्थाप्रतिको विश्वास र सहकार्य तथा सामुहिक भावनाको विकासमा जोड दिनुभयो । उहाँले उत्पादनशिल क्षेत्रमा लगानीका साथै सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीले भूमिका निभाउनुपर्ने अपेक्षा गर्नुभयो । वि।स। २०६९ मा २५ जनाबाट स्थापना भएको सहकारीमा हाल ८८९ जनाको रु। एक करोड ६३ लाख ५६ हजार ९०० शेयर पुँजी रहेको छ । गत आर्थिक वर्षमा रु। १३ करोड ६२ लाख ८१ ह्जार १०२ निक्षेप संकलन र रु। १४ करोड ६५ लाख ९१ हजार ५६२ कर्जा लगानी गरेको कोषाध्यक्ष देवेन्द्र पौडेलले बताउनुभयो । संस्थाका अध्यक्ष हरिकृष्ण शर्मा (गौतम)को अध्यक्षता, सचिव ओमप्रकाश शर्माको सञ्चालन र उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा सेयर सदस्य सन्तोष रावल, लेखा संयोजक खोमराज उपाध्याय र जेष्ठ सेयर सदस्य नैनकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो । २०७८ को कक्षा १२ को परिक्षामा जिल्ला प्रथम हुने सेयर सदस्य कल्पना सापकोटाकी छोरी करुणा सापकोटा, उत्कृष्ट कर्मचारी कुशम खड्का थापा लगायत उत्कृष्ट सुझावकर्ता, बचत कर्ता, ऋणी लगायत आठ वटा बिधामा सम्मान गरिएको थियो । सहकारीको कार्यसञ्चालनको बारेमा प्रश्नावली तयार पारेर सेयर सदस्यहरुबाट सुझाव संकलन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९  २१:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP