शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई रात्रिभोजसहित भब्य स्वागत गरिने
उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई रात्रिभोजसहित भब्य स्वागत गरिने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, कात्तिक २९, २०७६
Volleyball-01_gEdeaJjgu9

काठमाण्डौं ,शुक्रबार कात्तिक २९ गते ।
नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली सुक्रबार अपरान्ह ४ः०० बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ । संघले टोलीलाई सुक्रबार साँझनै रात्री भोजको समेत ब्यवस्था गरेको जनाएको छ ।

बंगलादेशको ढाकामा बिहिबार नेपालले एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपाल फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो । भलिबलमा नेपालको यो ऐतिहासिक उपाधि हो । नेपाली भलिबलले ४१ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रामा पहिलो पटक स्वर्ण पदक जितेको हो । नेपालले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ ९फिभा० बाट मान्यता प्राप्त ठूलो प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो पटक हो । नेपालले सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको थियो ।

नेपालले यसअघि सन् २०१४ मा काठमाडौंमा सम्पन्न दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा रजत पदक जितेको थियो । नेपालको पुरुष भलिबल टोलीले भने तीन बर्षअघि माल्दिभ्समा भएको तेस्रो एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कांस्य पदक जितेको थियो । पाँच देश सहभागी यस च्याम्पियनसिपमा नेपालले लिग चरणका सबै खेलमा शतप्रतिशत जित निकालेको थियो । अपराजित रहँदै उपाधि जित्ने क्रममा नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो । रातोपाटी


प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १७:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP