शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नारच्याङमा चिस्यान केन्द्र सञ्चालन (तस्बिरहरु/भिडिओ)
नारच्याङमा चिस्यान केन्द्र सञ्चालन (तस्बिरहरु/भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस १६, २०७९
chisyan
म्याग्दी । जिल्लाको अन्नपुर्ण गाउँपालिका–४,नारच्याङ स्थित बेशीमा कृषकको सुविधाको लागि चिस्यान केन्द्र सञ्चालन गरिएको छ । स्थानीयस्तरमा कृषकले उत्पादन गरेको फलफुल लगायत कृषि उपज भण्डारण गर्न चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो । उक्त चिस्यान केन्द्र जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याइएको हो । चिस्यान केन्द्र सञ्चालनमा आएपछि कृषकलाई सहज भएको छ । [embed]https://youtu.be/ORyA-8a04Jo[/embed]   दश टन क्षमताको केन्द्रमा अहिले करिब चार टन सुन्तला भण्डारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (सुन्तला जोन) कार्यक्रमबाट १३ लाख रुपियाँ १३ लाख अनुदान र ब्यक्तिगत ८ लाख बढी लगानी गरी कुल २३ लाख रुपैयाँ लागतमा निर्माण गरी केन्द्र सञ्चालनमा ल्याइएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेमबहादुर गुरुङले बताउनुभयो । सिजनमा उत्पादन हुने सुन्तललाई केन्द्रले बोटमै बाहिरी जिल्लाका ब्यापारीको तुलनामा प्रतिकेजी १५ देखि २० रुपैयाँ मुल्य बढी दिएपछि स्थानीय किसान उत्साहित भएका छन् । ‘कृषकहरुले स्थानीयस्तरमा उत्पादन गरेको सुन्तला खरिद र आफ्नै बगैचाको करिब चार हजार टन सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु’,उहाँले भन्नुभयो । अहिले भण्डारण गरिएको सुन्तला चैत–बैशाखको बेसिजनमा बजारमा पठाउने उहाँको भनाइ छ । सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने योजना सुनाउनुभयो । अहिले प्रतिकेजी ६० देखि ७० रुपैयाँका दरले बिक्री भएको सुन्तला चैत–बैशाखसम्म राख्दा प्रतिकेजी १६० देखि २०० रुपैयाँ मुल्य सम्म बिक्री हुन्छ । याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुन सम्म सुन्तला बोटमै राख्ने गरेका थिए । समयमा फल नटिप्दा उत्पादकत्व र बगैचा व्यवस्थापनमा समस्या भएको थियो । कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताउनुभयो । धेरै समय बोटमा फल लाग्दा हावा हुरीले क्षति हुने समस्या पनि हटेको छ । चिस्यानगृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ ।      
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १०:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP