शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेनीमा महिला सशक्तिकरण कार्यक्रम
महालक्ष्मी लाइफ इन्स्योरेन्सको बेनीमा महिला सशक्तिकरण कार्यक्रम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, पुस १८, २०७९
IMG_5572
म्याग्दी ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा शनिवार म्याग्दीको सदरमुकाम बेनीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले महालक्ष्मी लाइफ इन्स्योरेन्सले हालै ल्याएको कार्यक्रम अत्यन्त राम्रो रहेको बताउनुभयो । उहाँले महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रमलाई समुदायस्तरमा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालन गर्नुपर्ने बताउँदै यसबाट ग्रामीण भेगका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले अन्य काम गरेर पनि बचेको समय बीमा क्षेत्रलाई दिएर बीमाबाट चाहे जति आम्दानी गर्न सकिनेमा जोड दिनुभयो । उहाँले बीमा अभिकर्ता एउटा पेशा भएको बताउँदै धेरैभन्दा धेरै व्यक्तिहरुलाई स्वरोजगार बनाएर आत्मनिर्भर बन्न सकिने बताउनुभयो । बीमासँगै अन्य आम्दानीका स्रोतहरुमा पनि सम्पर्क, समन्वय गरेर महिलाहरुलाई जोड्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा स्वागतसहित औचित्यमाथि प्रकाश पार्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका मार्केटिङ विभाग प्रमुख प्रशान्तराज धमलाले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको २० प्रतिशतभन्दा बढी शाखाहरुमा महिला प्रमुख रहेको जानकारी दिनुभयो । उहाँले ४२ प्रतिशत बढी महिला अभिकर्ताहरु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आबद्ध भएको बताउँदै बीमा ऐन २०७९ पारित भई नेपाल बीमा प्राधिकरण बनेको हुँदा अब लाइसेन्स प्राप्त गर्नका लागि परीक्षा दिएर पास हुनुपर्ने व्यवस्था रहेको बताउनुभयो । कार्यक्रमको अवसरमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबाट विभिन्न विधातर्फ २५ जनालाई सम्मान गरिएको थियो । कार्यक्रम महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षता, मार्केटिङ विभाग प्रमुख धमलाको स्वागत र धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (इऋःऋ)का प्रमुख डाक्टर बिराज आचार्य र सहभागी नरिमाया गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो । यही पुस ४ गते चितवनको सौराहबाट सुरु भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘महिला सशक्तिकरणमा – महालक्ष्मी लाइफ’ भन्ने कार्यक्रम म्याग्दीमा पहिलोपटक अन्नूर्ण गाउँपालिका–६, घारबाट सुरु गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ११:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP