बेनी । भर्खरै मात्र प्रमुख जिल्ला अधिकारीको रुपमा म्याग्दी आउनुभएका तुलसीराम पौडेलले प्रशासनीक सेवालाई थप व्यवस्थित बनाउने बताउनुभएको छ । सोमबार पत्ररकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ पौडेलले यस्तो बताउनुभएको हो । उहाँले कानुनमा उल्लेखित सेवालाई थप सहज र सरल बनाउन योजना सहित काम गर्ने बताउनुभयो । ‘गृहमन्त्रालयको निर्देशन अनुसार प्रशासनबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित ,सहज ,सरल र प्रविधिमैत्री बनाउने गरी काम गर्नेछु ,’नवआगन्तुक प्रजिअ पौडेलले भन्नुभयो ।
[caption id="attachment_65219" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
देशभर राष्ट्रिय परिचय–पत्र बनाउन सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको बाध्यता हटाउन हरेक वडामा घुम्ती शिविर सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । उहाँले राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय तह, स्वास्थ्य कार्यालय लगायतसंग समन्वय गरेर कोभिड लगायतको महामारीको नियन्त्रण र जोखिमबाट जिल्लालाई बचाउन समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।प्रजिअ पौडेल इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङबाट सरुवा भई म्याग्दी आउनुभएको हो । म्याग्दीका प्रजिअ चिरञ्जीवि राना केही दिन अघि मात्र सरुवा हुनुभएको थियो ।
[caption id="attachment_65218" align="alignnone" width="1024"]

????????????????????????????????????[/caption]
अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतका पत्रकारले प्रशासनको सेवाप्रवाहमा जनमैत्री बनाउन र सरकारी कार्यालयको सूचना तथा प्रगति जनताले सहज रुपमा थाहा पाउने वातावरणमा सहजीकरण गर्न, जिल्लाभित्रका अलपत्र योजनालाई गति दिन, सुरक्षा निकायलाई जनमैत्री बनाउन, सरकारी कार्यालयको सेवाप्रवाहमा हुने ढिलासुस्ती लगायतको विषयमा सहजीकरणका लागि ध्यानाकषर्ण गराउनुभएको थियो ।