शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)
डम्बरामा सञ्चालित तालिममा महिलाहरुले बनाए सर्वोत्तम पीठो (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २१, २०७९
IMG_5901
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र बेनी नगरपालिका–६, नम्बर वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा सञ्चालित तालिमको नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो भने मिलन म्याग्दीले प्राविधिक सहयोग गरेको थियो । ७ दिनसम्म चलेको उक्त तालिमको अवधिमा सहभागी महिलाहरुले मकै, भटमास, गहुँ, काजु र चिनी मिश्रित सर्वोत्तम पीठो उत्पादन गरेर प्रदर्शन गरेका थिए । तालिमको अवसरमा स्थानीयस्तरमा उपलब्ध मकै, गहुँ र भटमासको सम्मिश्रण गरेर सर्वोत्तम पीठो बनाइएको थियो । तालिम अवधिभरमा प्रशिक्षकहरुले महिलामा व्यावसायिक क्षमताको वृद्धि, सर्वोत्तम पीठो उत्पादन गर्ने तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । तालिमको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय गण्डकी प्रदेश पोखराका खाद्य निरीक्षक पूर्णकला थापा, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, योजना अधिकृत बाबुराम आचार्य, बेनी नगरपालिकाको शाखा अधिकृत एवं खाद्य सुरक्षा तथा निर्देशक समितिका फोकलपर्सन युवराज थापाले सहजीकरण गर्नुभएको थियो । यसैगरी स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमको विज्ञ बालकुमारी पुन, तालिम आयोजक सहकारीका अध्यक्ष चिना बानियाँ र सल्लाहकार तथा महिला अधिकार मञ्च म्याग्दीका सचिवालय संंयोजक जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो । आज (बिहीवार) तालिम समापनसत्रमा सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गाउँगाउँमा रहेका आमा समूहका भवनहरुलाई तालिम सञ्चालन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम लिएपश्चात् अब तालिमको अवधिमा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउँदै नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने हुँदा महिलाहरु आयआर्जन र उत्पादनको क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो । बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णसिङ बानियाँले गरिबीबाट मुक्त हुनका लागि व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा आबद्ध भई आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको अवसरमा सुनौलो हजार दिनका महिलाहरुलाई निःशुल्क रुपमा सर्वोत्तम पीठो हस्तान्तरण गरिएको थियो । तालिमकै क्रममा उद्योग सञ्चालनका लागि भुजु बानियाँको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी तालिम समापनको अवसरमा आयोजक संस्था नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीद्वारा उद्योग सञ्चालन गर्न समितिलाई एकएक थान विद्युतीय मिल र प्याकिङ मेसिन हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  २०:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP