शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन (तस्बिरहरु)
कृष्ण बानियाँद्वारा लिखित पुस्तक ‘विसङ्गत अभिरुचि’ संस्मरणको विमोचन (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २३, २०७९
IMG_5952
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, बेनीबजारको मङ्गलाघाट निवासी कृष्ण बानियाँद्वारा लिखित पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन भएको छ । म्याग्दी साहित्य समाज र पुलस्त्य साहित्य प्रतिष्ठान म्याग्दीको आयोजनामा आज (शनिवार) एक समारोहबीच पुस्तक विमोचन गरिएको हो ।लेखक कृष्ण बानियाँको पुस्तक विसङ्गत अभिरुचि संस्मरणको विमोचन गर्दै वरिष्ठ साहित्यकार तथा प्राज्ञ प्रेम छोटाले जागिरे जीवनको भोगाइलाई सङ्ग्रह गरी प्रकाशन गरेकोमा लेखकलाई आभार प्रकट गर्नुभयो । उहाँले सरकारी जागिरको समय पुरा गरी बाँकी समय लेखन कार्यमा लगाएको हुँदा यसले साहित्यको विकासमा समेत सहयोग पुग्ने बताउँदै लेखक बानियाँलाई आगामी दिनमा पनि लेखनको कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै पूर्व सांसद तथा साहित्यकार चन्द्रप्रकाश बानियाँले प्रकाशित पुस्तकमा कृष्ण बानियाँले आफू जागिरमा रहँदा गरेको संघर्ष र भोगेका दुःख, कठिनाइलाई यथार्थ रुपमा बाहिर ल्याएको बताउनुभयो । उहाँले प्रकाशित संस्मरण कृति विसङ्गत अभिरुचि आफ्नो समाप्तिपछि पनि जागिरे जीवनको भोगाई प्रमाणको रुपमा रहने भन्दै यसले भावी पुस्तालाई अगाडि बढ्न अवसर प्रदान गर्ने बताउनुभयो । धौलागिरि बहुमुखी क्याम्पस सञ्चालक समिति बागलुङका अध्यक्ष डिनबहादुर थापाले पुस्तकले अरुलाई पनि लेखन कार्यमा उत्साह जगाउने बताउनुभयो । लेखक बानियाँले आफूले जागिरे जीवनमा रहँदा इमान्दारपूर्वक काम गरेको बताउँदै आफ्नो ३७ वर्षे जागिरे जीवनका दुःख, कष्ट, पीडा र भोगाइलाई पुस्तकमार्फत उतारेको जानकारी दिनुभयो । उहाँले विसङ्गत अभिरुचि संस्मरणभित्र २८ वटा छन्दमा जागिरे जीवनको भोगाई उल्लेख गरेको बताउनुभयो । पुस्तकमाथि साहित्यकार रामप्रसाद सुवेदीले समीक्षा गर्नुभएको थियो । शिखा बुक्स बागबजार काठमाडौं प्रकाशक रहेको यस पुस्तकको प्रति मूल्य चारसय २५ रुपैयाँ तोकिएको छ । बानियाँद्वारा लिखित पुस्तकभित्र तक्मेलीहरुको बहुदल प्रेम, गलेश्वर मेला, बत्तीमूनि अँध्यारो, पराजित आन्दोलन, नक्कली स्रेस्ता, हाकिमको हैकम, अन्तरवार्ता, कीर्ते रजिष्टेशन, विचलित मन, नागरिकताको मोल, कर्तव्यबोध, यज्ञ औचित्य, मार्ने धम्की, आकाशमा हराउँदा शीर्षकका लेखहरु समावेश गरिएको छ । यसैगरी विसङ्गत अभिरुचि, धुन्चेको रुन्चे बसाई, महङ्गो सरुवा, ज्यानको जोखिम, म्याग्दीको भूमि समस्या, भालुको रिस खन्युँमाथि, नेताहरुको नियत, राष्ट्र सेवाको मूल्य, तावाको माछो भुङ्ग्रोमा, विद्रोहीको विवेक, परित्यज्य विभूषण, नवलपुरको नयाँ वस्ती, अवकाश अनुभूति र रहलपहल स्मृतिका तरेलीहरुको शीर्षकमा लेखहरु उल्लेख गरिएको लेखक बानियाँको भनाइ छ । कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान मल्लाज पर्वतका उपाध्यक्ष केदारनाथ पौडेल, म्याग्दी साहित्य सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछाने, म्याग्दी बहुमुखी क्याम्पसका पूर्व सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र साहित्यप्रेमी अमृतदेवी बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम म्याग्दी साहित्यिक समाजका अध्यक्ष ध्रुवलाल शर्माको अध्यक्षता, पुलस्त्य साहित्य प्रतिष्ठानका उपाध्यक्ष शिव ‘सस्मित’को स्वागत र साहित्यकार अजयमिलन श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २१:१३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP