शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित (तस्बिरहरु)
मालिका गाउँपालिकाको गाउँसभाको दोस्रो अधिवेशन स्थगित (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, पुस २३, २०७९
DSC_0138
दरबाङ। म्याग्दीको मालिका गाउँपालिकाको शनिबार गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारेमा सुरु भएकाे गाउँसभाको दोस्रो अधिवेशन स्थगित भएको  छ । गाउँसभामा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको संशोधित बजेट तथा कार्यक्रम बहुमतले अस्वीकृत भएपछि थप छलफल गरी आवश्यक संशोधन गर्नुपर्ने भएकाले आगामी माघ १४ गते सम्म गाउँसभा स्थगित गरिएकाे  गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो । ‘प्रशासकीय भवनको जग्गा व्यवस्थापन र प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न प्राथमिकता दिएका छौ,’ उहाँले भन्नुभयो ‘सिमित स्रोतले असिमित माग सम्बोधन गर्नुपर्ने अवस्था छ । कार्यपालिका र समुदायसँग थप छलफल गरेर बजेट पारित गर्न स्थगित गरिएको हो ।’ सभामा प्रस्तुत  संशाेधित बजेट तथा कार्यक्रममा  वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन र कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले असहमती जनाउनुभएकाे थियाे । उपाध्यक्ष लक्ष्मीदेबीले गाउँसभामा प्रस्ताव गर्नुभएको बजेटमा दरबाङ बजार संरक्षणको योजनालाई नसमेतिएको भन्दै वडा अध्यक्ष पुन र कार्यपालिका सदस्य खड्काथोकीले  उक्त आयोजना बजेटमा समावेश गरी थप संशोधन गर्न माग गर्नुभएको थियो । [caption id="attachment_65313" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] उपाध्यक्ष लक्ष्मीदेबीले नगद मौज्दात रहेकाे ४ करोड २० लाख ८९ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको बजेटमा गाउँपालिको प्रशासकीय भवन बनाउन जग्गा व्यवस्थापन गर्न एक करोड ,दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती गर्न ४० लाख रुपैयाँ ,समपुरक अनुदानका लागि एक करोड ३१ लाख ८९ हजार रुपैयाँ ,विपद् व्यवस्थापन कोषमा थप ३५ लाख रुपैयाँ ,राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यवस्थापन खर्चका लागि सशर्त अनुदान १२ लाख रुपैयाँ,पोषण कार्यक्रम संचालन गर्न ५ लाख रुपैयाँ लगायत १६ वटा शिर्षकका योजना तथा कार्यक्रमहरु समेतिएका छन् । वडा अध्यक्ष पुन र कार्यपालिका सदस्य खड्थाेकीले  गाउँपालिको प्रशासकीय भवन बनाउन जग्गा व्यवस्थापन ,दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती ,पोषण कार्यक्रम र  अन्य संघसंस्थामा सहयोग  शिर्षक संशोधन गर्न प्रस्ताव पेश गर्नुभएको छ । जग्गा व्यवस्थापन ,प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नती ,पोषण कार्यक्रम र अन्य संघसंस्थामा सहयोग शिर्षकका बजेटलाई घटाएर बजार संरक्षण योजनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।   [caption id="attachment_65326" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] म्याग्दी नदीको कटानले दरबाङ बजार थप जोखिममा परेको र स्थानीयबासीले समेत संरक्षणको लागि माग गरेको बताउँदै वडा अध्यक्ष पुनले भन्नुभयो ,‘ बजेटमा केही कम प्राथमिकता योजना तथा कार्यक्रमहरुलाई बढी बजेट राखिएको छ ,त्यसमा मेरो असहमती छ । थप संशोधन गरी बजार संरक्षण योजनालाई बजेटमा समावेश गर्न र कम प्राथमिकताका योजनाहरुमा प्रस्तावित बजेटको आकार घटाउन माग गर्दछु ।’ [caption id="attachment_65321" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँपालिकाको चालु आर्थिक बर्षमा हालसम्म चालुतर्फ २६.०१ प्रतिशत र पुँजिगत तर्फ ७.६५ प्रतिशत खर्च भएको भने कुल बजेटमा १८ .५९ प्रतिशत प्रगति भएको छ । चालु आर्थिक बर्षमा गाउँपालिकाले मोटरबाटो मर्मत गर्न विपद कोषबाट एक करोड रुपैयाँ खर्च गरेको छ । गाउँपालिकामा हालमसम्म ३७ वटा वडा स्तरका योजना तथा कार्यक्रमहरु सम्झौता भएका मध्ये १६ वटा सम्पन्न भएका छन् । गाउँपालिकाले चालु आर्थिक बर्षमा १४ लाख १९ हजार ८५२ रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको गाउँपालिका उपाध्यक्ष घर्ती मगर पुनले जानकारी दिनुभयो । चालु आर्थिक बर्ष २०७९÷८०को लागि बार्षिक स्वीकृत कार्यक्रम अनुसार २३ वटा योजना तथा कार्यक्रमहरु शिर्षक रकमान्तर गरिएको छ । [caption id="attachment_65318" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँसभामा न्यायीक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको न्यायीक समितिको प्रतिवेदन ,वडा नम्बर १का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पुनले प्रस्तुत गर्नुभएको संकल्पपत्र ,वडा नम्बर २ का अध्यक्ष तथा सुशासन समितिका संयोजक उदयकुमार बुढाथोकीले प्रस्तुत गर्नुभएको सुशासन प्रतिवेदन पारित भएको गाउँपालिकाका योजना अधिकृत तथा सुचना अधिकारी सोमबहादुर केसीले जानकारी दिनुभयो ।कार्यपालिका सदस्य प्रतिक्षा विकले लेखा समिति गठनका लागि प्रस्ताव पेश गर्नुभएको थियो । [caption id="attachment_65324" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] गाउँसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बर्गुजाले चालु आर्थिक बर्षमा विभिन्न बर्षात र निर्वाचन लगायतका कारण योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको बताउँदै योजनाहरुलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि सम्बन्धीत वडाहरु र उपभोक्ताहरुले तत्परता देखाउनुपर्नेमा जोड दिनुभयो । वडा नम्बर २ का वडा अध्यक्ष बुढाथोकीले गाउँपालिकाभित्रका मुख्य मालिकाधुरी ,दुरलेक ,बराही ताल ,सोले डाँडा लगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धन र विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ढुङ्गाखानी र तामाखानीलाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन सके गाउँपालिकालाई आन्तरिक स्रोत जुटाउन सहज हुने बताउनुभयो । गाउँसभामा वडा नम्बर ३ का अध्यक्ष मोतिप्रसाद बुढा ,वडा नम्बर ६ का पथबहादुर रोका मगरले बोल्नुभएको थियो । [caption id="attachment_65327" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65325" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65323" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65319" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65320" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65322" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65316" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] [caption id="attachment_65314" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption]
प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २३:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP