शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना
महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, पुस २८, २०७९
ganesh timilsina (4)
म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।‘परम्परागत उत्पादनलाई रुपान्तरण गरी व्यवसायीक बन्नुपर्छ ,’उहाँले भन्नुभयो ,‘उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न सकेमा स्देशमै रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।’ याे पनि‍‍‍... [embed]https://myagdinews.com/2023/01/65435/[/embed] महोत्सवले स्थानीय रुपमा उत्पादित कृषीको व्यापारिकरण र बजारीकरण ,उद्यमशिल बन्नका लागि सन्देश प्रदान गर्न ,खेल क्षेत्रको विकास ,पर्यटन र कला संस्कृतीको प्रचारप्रसार सहित प्रवद्र्नमा मदत पुग्ने अध्यक्ष तिमिल्सीनाले बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर निर्माणलाई गति दिन आफुले पहल गरिरहेको बताउनुभयो । नेपाल र चीन बिचको कोरला सिमा नाका खोल्न आफुले सरकार समक्ष पटकपटक ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । कोरला नाकामा भन्सार कार्यालय स्थापना गर्न सरकारको नाममा जग्गा प्राप्त भएकोले निर्माण सुरु हुने उहाँले बताउनुभयो । माथिल्लो मुस्ताङबासीले कोरला नाका खोल्न आग्रह गरेको बताउँनुहुँदै उहाँले थप्नुभयो ,‘बेनी–जोमसोम कोरला नाका म्याग्दी र मुस्ताङलाई मात्र जोड्ने नभई चीन ,नेपाल र भारत त्रिदेशीय व्यापार व्यवसायीलाई सहयोग पु¥याउने हुँदा नाका खोल्नका लागि मैले अधिकतम प्रयास गरेको छु।’ म्याग्दी खण्डमा भुगोलको कारण बेनी–जोमसोम–कोरला सडकले गति लिन नसकेको उहाँको भनाइ छ । यसैगरी बेनी–मालढुङ्गा सडकलाई गति दिन सडक आयोजना कार्यालयलाई निदेशन दिएको उहाँले जानकारी दिनुभयो ।सत्ता पक्षको कार्यान्वयन फितलो र प्रतिपक्षको कमजोर खबरदारीको कारण देशको समृद्धी र विकासमा पछि परेको उहाँको भनाइ छ । जनप्रतिनिधि ,कर्मचारी र आम नागरिक इमानदार हुन सकेमा विकास ,पारदर्शी र भ्रष्टचार रहित समाज निर्माण गर्न सकिने उहाँको भनाइ छ । जलविद्युत ,कृषी र पर्यटन क्षेत्रबाट म्याग्दी मात्र नभई देशले नै आर्थिक लाभ हासिल गर्ने उहाँले बताउनुभयो ।फरक प्रसङ्गमा उहाँले स्थानीय तह र आम निर्वाचनमा प्रतिबद्धता गरे अनुसारको काम गरेमा मात्र देशको विकासले गति लिने र समृद्धी नेपाल र सुखी नेपालीको अभियानले आकार लिने बताउनुभयो । पर्यटकीय क्षेत्रमा बैकल्पिक पदमार्ग र पुर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्यहरु रेशमबहादुर बानियाँ ,नवराज शर्मा र गोविन्द पौडेल ,गण्डकी प्रदेश सभा सदस्य विमला गौचन ,बेनी नगरपालिका प्रमुख सुरत केसी ,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख प्रमोद अधिकारी , उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष सञ्जिव कोइराला ,प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल ,नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतले बोल्नुभएको थियो । यसअघि तीन बर्षमा महोत्सवको आयोजना गर्ने गरिएको भएपनि कोरोना महामारीका कारण पाँच बर्षपछि सञ्चालन गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । कार्यक्रमको सञ्चालन म्याग्दी उद्योग वाणिज्य संघका महासचिव अमित बानियाँले गर्नुभएको थियो । आगामी माघ ७ गते सम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन मगर ,गुरुङ ,नेवार ,क्षेत्री र ब्राह्मण समुदाय लगायत विभिन्न संघसंस्थाले पुख्र्याैली ,सोरठी ,हनुमान नाच ,झाँकी ,भेषभुषा सहित बेनी बजार परिक्रममा गरेका थिए । कार्यक्रममा गित संगित मार्फत म्याग्दीलाई चिनाउन महत्वपुर्ण योगदान गरेको भन्दै कलाकारहरु हेमन्त कान्छा रसाइली ,प्रकाश दुतराज ,नेशन पुन र शोभा कार्कीलाई सम्मान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १९:३८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP