शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • बेनी नगरपालिकाको नगरसभा : ७८ करोडको संशोधित बजेट पारित,उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरु)
बेनी नगरपालिकाको नगरसभा : ७८ करोडको संशोधित बजेट पारित,उत्कृष्ट कर्मचारी पुरस्कृत (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २९, २०७९
IMG_8050
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको नगरसभाको १२ औं अधिवेशन सम्पन्न भएको शुक्रबार बेनी स्थित नेपाल मङ्का खलःको सभा हलमा सम्पन्न भएको नगरसभाको १२ औं अधिवेशनले नगर उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको थप दुई करोड ६४ लाख रुपैयाँ बजेट ,संशाेधित बजेट,  सार्वजनिक बक्यौता तथा भाडादर निर्धारण समितिका संयोजक उत्तम कुमार कर्माचार्यले जानकारी गराउनुभएको निर्णय र न्यायिक समितिका सदस्य रत्नबहादुर जिसीले प्रस्तुत गरेको न्यायिक समितिको प्रतिवेदन पारित गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन नसकेको मौज्दात रहेको बजेट ५६ वटा शिर्षकमा बजेट विनियोजन गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिनुभयो । यसैगरी सभामा उपप्रमुख लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको छ । असारको सभाले  ७३ करोड २२ लाख रुपैयाँ बिनियोजन भएकोमा थप भएको शशर्त अनुदान र कार्यपालिका बैठकबाट बिनियोजन गरिएको पाँच करोड सात लाख ८६ हजार १४३ समावेश गरि ७८ करोड २९ लाख ८६ हजार १४३ रुपैयाँको बजेट प्रस्ताव गर्नुभएको थियो ।चालु तर्फ ४९ करोड २७ लाख ९८ हजार र पुँजिगत तर्फ २९ करोड १ लाख ८८ हजार १४३ रुपैयाँ प्रस्तावित बजेट पारित भएको हो । वडा नम्बर १ को कार्यालय भवन सभाहल निर्माण गर्न दश लाख रुपैयाँ,वडा नम्बर २ स्थित बेनीदेखि बगरफाँट सम्मको मोटरबाटो विस्तार गर्न दश लाख रुपैयाँ,वडा नम्बर २ कै हाँडेभिर देखि बगरफाँट सम्मको मोटरबाटो विस्तार गर्न १५ लाख रुपैयाँ ,वडा नम्बर ३ स्थित भकिम्ली स्वास्थ्य चौकी भवन निर्माण गर्न दश लाख रुपैयाँ ,वडा नम्बर ४ स्थित तातोपानी तल्लोबजार मोटरबाटो स्तरोन्नतीलाई १५ लाख रुपैयाँ,वडा नम्बर ५ स्थित गुरुङकोट सिमधारा मोटरबाटो मर्मत गर्न पाँच लाख रुपैयाँ ,वडा नम्बर ५ स्थित जनकल्याण मावि घेराबार तीन लाख रुपैयाँ ,वडा नम्बर ५ को डडुवा मोटरबाटो निर्माण तथा खानेपानी मर्मत गर्न दुई लाख रुपैयाँ , वडा नम्बर ६ को छापा असिमुरे लाछोटोल सडक स्तरोन्नती गर्न चार लाख रुपैयाँ,वडा नम्बर ६ स्थित विपद् सडक मर्मत दुई लाख रुपैयाँ लगायत ५६ वटा विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । नगरपालिकाले चालुतर्फ ३९.५४ प्रतिशत र पुँजिगत तर्फ ७.६८ प्रतिशत प्रगति हासिल गरेको छ । नगरपालिकामा हालसम्म एक करोड ९० लाख ६९ हजार ६०० रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ । उहाँका अनुसार ,नगर सभामा कार्यसम्पादनको आधारमा नगरपालिकामा कार्यरत कर्मचारी ,स्वास्थ्यकर्मी र शिक्षकलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सुचना प्रविधि अधिकृत खिमबहादुर क्षेत्री ,सव इन्जिनियर कमल थापा मगर , सिङ्गा स्वास्थ्य चौकीका सिनियर अहेव हरिलाल अधिकारी , वडा नम्बर ३ का वडा सचिव प्रकाश आचार्य ,चन्द्रदोय आधारभुत विद्यालयमा अध्यापनरत शिक्षक शान्ताकुमारी राना ,बालचन्द्र आधारभुत विद्यालयका प्रअ सुरेन्द्र कुमार केसी र नगरपालिकाको कार्यालय सहयोगी चक्रबहादुर बानियाँलाई जनही ५ हजार रुपैयाँ सहित सम्मानपत्रले पुरस्कृत गरिएको हो । नगर प्रमुख सुरत केसीले वडा स्तरबाट माग गरिएका योजनाहलाई छनौट गरी आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको बताउनुभयो । उहाँले चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु कार्यान्वयनलाई तिब्रता दिन कार्यपालिका सदस्य ,गाउँसभा सदस्य र कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सभामा वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता रमेश श्रेष्ठ ,गाउँसभा सदस्य रमेश फगामी लगायत जनप्रतिनिधीहरुले छलफलमा भाग लिनुभएको थियो ।  
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १७:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP