शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • जलजला गाउँपालिकाको गाउँसभा स्थगित
जलजला गाउँपालिकाको गाउँसभा स्थगित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, पुस २९, २०७९
IMG_8063
लामाखेत। पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गणपुरक संख्या नपुगेपछि २०७९ माघ २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । ‘आज उपस्थित नभएका गाउँसभा सदस्यहरुसँग छलफल गर्छौ,’ उहाँले भन्नुभयो ‘गाउँसभा सञ्चालन कार्यबिधि अनुसार माघ २ गते बैठक बोलाएका छौ । सो बैठकमा पनि आउनु भएन भने ४ गते हुने बैठकमा जति उपस्थित हुुनुहुन्छ त्यतीको आधारमा प्रस्ताव पारित गर्छौ ।’नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सभामा उपस्थित नभएका हुन् । नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित १९ जना जनप्रतिनिधिहरु सहभागी भएका थिए । सभामा उपस्थित नभएका कार्यपालिका सदस्य भिमसेन बराइलीले अध्यक्षले कार्यपालिकाका विषयगत समितिलाई हस्तक्षेप गरेको, एकलौटी ढंगले चलेको र विश्वास घात गरेकाले बहुमत सदस्यहरुले बहिस्कार गरेको बताउनुभयो । कार्यबिधि अनुसार गाउँपालिकाको बैठक र सभा सञ्चालन नभएको तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यशैली प्रतिपनि आफूहरुको असहमति रहेको कार्यपालिका सदस्य बराइलीले बताउनुभयो । अध्यक्ष आचार्यले भने राजनीतिक पूर्वाग्रह साध्न बहुमतको दम्ब देखाउने, गाउँपालिकाको गतिबिधिलाई प्रभावित बनाउने प्रयास भएकाले कार्यबिधि अनुसार अघि बढ्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभो ।उपाध्यक्ष दिपक आचार्य (आकाश)ले सभामा नआएका कार्यपालिका र गाउँसभा सदस्यहरुसँग छलफल भैरहेको बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  २२:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP