शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)
भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ १, २०७९
IMG_8517
म्याग्दी । हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लाने कालिगण्डकी नदी किनारमा अवस्थित शिलाको आइतबार धार्मिक विधि अनुसार क्षमा पुजापाठ गरिएको छ । बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, पुर्वउपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधि,गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल ,अयोध्याबाट आउनुभएका राम मन्दिर निर्माण समितिका सचिव तथा पुजारी राजेन्द्रसिङ पङ्कज र जानकी मन्दिरका महन्त लगायतले पुजा गर्नुभयो । एक हजार बर्ष टिकाउ हुने शिलाको पहिचान भएपछि दुई शिला गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाले उत्खनन गर्ने तयारी रहेको बताउनुभयो । उहाँका अनुसार एक साताभित्र बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले जनकपुर लगेर मधेश प्रदेशलाई हस्तान्तरण गर्ने र त्यहाँबाट केही दिनमा अयोध्या पु¥याइनेछ । शनिबार शिलाकाे उच्च स्तरीय टाेलीले अवलाेकन गरेकाे थियाे । कांग्रेस नेता समेत रहनुभएका निधिले संघीय सरकारको मन्त्रीपरिषद र गण्डकी प्रदेश सरकार बिच सहमति भएपछि अयोध्यामा रामको मुर्ती बनाउनका लागि नेपालको तर्फबाट भारत सरकारलाई शिला उपहार दिएको तबताउनुभयो । गत साउन अन्तिम साता नेता निधि अयोध्याधाम पुगेर यसको पहल थाल्नुभएको थियो । निधिले राममन्दिर निर्माण समितिका पदाधिकारीलाई भेटेर रामको मूर्ति बनाउन कालीगण्डकीको शिला उपलब्ध गराउने र जनकपुरवासीको तर्फबाट राममन्दिर परिसरमा धातुको शिव धनुष उपहार दिने सहमति भएको जानकारी दिनुभयो । उहाँले शिला उपचार दिँदा भारत र नेपाल बिचको धार्मिक र साङ्स्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताउनुभयो । ‘‘राममन्दिर निर्माण समितिले आग्रह गरेपछि सङ्घीय सरकारको मन्त्रीपरिषद र गण्डकी प्रदेश सरकार बिच सहमति भएपछि रामको मुर्ती बनाउन पवित्र कालिगण्डकी नदीमा अवस्थित दुई वटा शिला अयोध्या पठाउन लागिएको हो,’’निधिले भन्नुभयो,‘‘यसले गण्डकी प्रदेश,जनकपुर र अयोध्या मात्र नभई नेपाल र भारत विचको साङ्स्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै कालिगण्डकीलाई धार्मिक ,साङ्स्कृतिक पर्यटकीय गन्तव्य बनाउन टेवा पु¥याउँछ ।’’ सङ्घीय सरकारको मन्त्रिपरिषद्ले गत पुस ३ गते ती शिला जनकपुरको जानकी मन्दिरमार्फत भारत पठाउने निर्णय गरेको थियो । त्यसपछि गण्डकी प्रदेश सरकारले पुस ६ गते सहमती जनाएपछि कालिगण्डकी नदीमा शिलाको खोजी र अध्ययन सुरु भएको थियो । अयोध्यामा रामको मूर्ति बनाउन राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता छ । राममन्दिर निर्माण समितिले कालीगण्डकीको शिलाबाट रामजन्मभूमि दाबी गरिएको ठाउँ नजिक रामको मूर्ति बनाउने अयोध्याका प्रतिनिधि समेत रहनुभएका पुजारी राजेन्द्रसिङ पङ्कजले बताउनुभयो । उहाँले कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १४:२७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP