शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • जनता मावि दग्नामको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु
जनता मावि दग्नामको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ २, २०७९
325819656_1846329162401115_2234399597866977319_n copy
दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामस्थित जनता माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सुरु भएको छ । विद्यालयले आइतबारदेखि अभिभावकबीच विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउन थालेको हो । माघे सङ्क्रान्तिको अवसर पारेर सुरु गरिएको कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष पविन गर्बुजाले विद्यालयलाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने पूर्व शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षाप्रेमी, चन्दादाता तथा शुभेच्छुकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले राज्यले शिक्षा क्षेत्रमा लगानी गरे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याको समाधानका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताउँदै उहाँले त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । २०१६ सालमा स्थापना भएको विद्यालय २०३४ सालमा निम्न माध्यमिक र २०६९ सालमा माध्यमिक विद्यालयका रूपमा स्तरोन्नति भएपछि पहिलो पटक ६३औँ वार्षिकोत्सव मनाउन लागेको रघुगंगा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कमला तिलिजाले बताउनुभयो । कार्यक्रममा आर्थिक सहयोगदाता बिन्द गर्बुजाले विद्यालयले विगतको तुलनामा भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा उल्लेखनीय प्रगति गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण गर्बुजाले विद्यालयको शैक्षिक उन्नयनका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । माघ १ गते उद्घाटनसँगै अभिभावक महिला भलिबल, बेलुन फुटाउने तथा एथलेटिक्ससम्बन्धी खेलहरू सञ्चालन गरिएका छन् । माघ २ गते अभिभावक पुरुष भलिबल, अन्धा निशाना, म्युजिकल चेयर तथा एथलेटिक्सका खेलहरू हुनेछन् भने माघ ३ गते सम्पूर्ण खेलकुद प्रतियोगिताका फाइनल खेलहरू सम्पन्न गरिने आयोजकले जनाएको छ । माघ ४ गते संघीय सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा आर्थिक सहयोगी दाताहरूलाई सम्मान गरिनुका साथै विद्यालयका गतिविधि प्रस्तुत गर्ने र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने विद्यालयका प्रधानाध्यापक गुन पुनले जानकारी दिनुभयो । “विद्यालय र समुदायबीच सुमधुर सम्बन्ध कायम गर्न तथा आपसी सहकार्यलाई अझ सुदृढ बनाउन यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिएका छौँ,” प्रधानाध्यापक पुनले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिलाल गर्बुजाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बाल क्लबका संयोजक शिक्षक रमेश कुँवरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक खड्क गर्बुजाले गर्नुभएको थियो । कार्यक्रममा वडा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, शिक्षाप्रेमी, बुद्धिजीवी, शिक्षक, अभिभावक, कलाकार, खेलाडी, विद्यार्थी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १५:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP