शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी
गण्डकी प्रदेशको लाइफलाइन कोरला–त्रिवेणी सडक : मुख्यमन्त्री अधिकारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ ८, २०७९
cm khagraj adhakari
बेनी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई सडक गण्डकी प्रदेशको लाइफ लाइन भएको बताउनुभएको छ । बेनीमा शनिबार सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताउनुभयो । ‘चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ,’ उहाँले भन्नुभयो ‘कालीगण्डकी कोरीडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य बस्तुको अन्तराष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।’ प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिबिधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउदै मुख्यमन्त्री अधिकारीले धैर्य र शाहसतापुर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । ‘उद्योगी व्यवसायीहरुलाई अहिले गाहे परेको सरकारले महशुस गरेको छ,’ अधिकारीले भन्नुभयो ‘धैर्य गर्नुहोस, उद्योग व्यवसाय बन्द नगर्नुहोस । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस ।’ संघीय संसदले आवश्यक छिटो ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गर्नुभयो । उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउदै उहाँले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन कानुन बनाउने प्रतिवद्धता जनाउनुभयो । बेनी अस्पतालको निर्माणाधिन ५० शैया क्षमताको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई जति सक्दो छिटो काम सक्न मञ्चबाटै आग्रह गर्नुभयो । अधिकारीले बेनी बजार संरक्षण, बेनीको खुल्ला मञ्च खेलमैदान निर्माण लगायतका योजनामा प्रदेश सरकारले साथ दिने घोषणा गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका धेरै योजनाहरु अधुरा, अलपत्र हुँदा नागरिकले सास्ती पाएको बताउदै भूगोल र आवश्यकतालाई आधार मानेर बजेट, योजना र कार्यक्रम बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले अधुरा र अलपत्र आयोजनालाई पूर्णता दिनै तीनै तहका सरकारको सक्रीयता आवश्यक रहेको बताउनुभयो । महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सव मार्फत म्याग्दीको सम्भावनाको उजागर, कला र संस्कृतिको संरक्षण, आर्थिक गतिबिधिलाई चलायमान बनाउन र प्रतिभाको पहिचान गर्न सहयोग पुगेको बताउनुभयो। पुष २८ गतेदेखि बेनीको खुल्ला मञ्चमा सञ्चालन भएको महोत्सवमा २६० स्थल थिए । महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो । स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुति भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०९:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP