शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
रघुगंगामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, माघ ८, २०७९
IMG_9320
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा आइतबार सुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद हरी भण्डारीले उद्घाटन गर्नुभयो । सांसद भण्डारीले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेलकुद प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो । रघुगंगा गाउँपालिकामा खेलकुदको प्रशस्त सम्भावना रहेको बताउँदै खेलकुदको विकासका लागि पूर्वाधार निर्माण र तालिमको आवश्यकता रहेको सांसद भण्डारीले बताउनुभयो । खेलकुद क्षेत्रको पुर्वाधार निर्माणका लागि आफुले पहल गर्ने बताउनुभयो । भण्डारीले विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन स्थानीयतह लगायत सबै जनप्रतिनिधिसंग समन्वय गरेर योजनाबद्ध नीति निमार्णमा प्रदेश सरकारमा प्रभावकारी भूमिका निभाउने प्रतिवद्धता जनाउनुभएको थियो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले स्वस्थ्य, अनुसाशनका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताउँदै खेल क्षेत्रलाई मर्या्दिदत, व्यवसायिक र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले रघुगंगामा खेलकुदको विकासका लागि राष्ट्रपति रनिङ्ग शिल्डले सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईका इकाई प्रमुख दलबहादुर थापा, गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुजा , वडा नम्बर २ का वडा अध्यक्ष अमृत भण्डारी ,वडा नम्बर ७ का थक बहादुर पाइजा ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी लगायतले गाउँपालिकास्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । लेखाअधिकृत खगराज सुवेदीको संचालनमा भएको कार्यक्रम राष्ट्रियस्तकारका बाल गायक सुप्रिम मल्ल, विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुेन विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत समेत गरिने छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १७:३२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP