शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मालिकाको राष्ट्रपति रनिङ शिल्डमा विवाद : किसानी माविलाई विजयी घोषणा,उपविजेता घोषित भीम माविको असहमति
मालिकाको राष्ट्रपति रनिङ शिल्डमा विवाद : किसानी माविलाई विजयी घोषणा,उपविजेता घोषित भीम माविको असहमति
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ १४, २०७९
vim mavi
दरवाङ। म्याग्दीको मालिका गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विवादका विच सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न भएको प्रतियोगितामा वडा नम्बर ७ स्थित बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । माघ ११ देखि संचालन भएको प्रतियोगितामा उपविजेता घोषित भिम मावि देविस्थानले नतिजाप्रति असहमति जनाउँदै विज्ञप्ति जारी गरेको छ । भने २ सय मिटर दौड तथा ४ इन्टु ४०० मिटर र ४ इन्टु १०० मिटर रिले दौडको शनिबार सम्पन्न फाइनल खेलमा समेत भाग लिएन । प्रतियोगितामा प्रथम भएको किसानी माविले ११ स्वर्ण ,११ रजत र ५ कास्य पदक, दोस्रो भएको भिम माविले १० स्वर्ण ,२ रजत र ५ कास्य पदक जितेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी तेस्रो भएको जनप्रिय माविले ४ स्वर्ण,३ रजत र ६ कास्य पदक जितेको छ । प्रथम हुनेले नगद ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो र तेस्रो हुनेलाई क्रमश ः ६० हजार रुपैयाँ र ४० हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी केबी एकेडेमीले ४ स्वर्ण ,१ रजत र ६ कास्य,सिद्धार्थ माविले ७ रजत ,दरबाङ इङ्लिस् बोर्डिङले १ रजत र १ कास्य, अमरज्योती माविले १ स्वर्ण र १ कास्य ,ओखरबोट माविले ३ रजत र १ कास्य,राष्ट्रिय माविले २ कास्य तथा गौबोम बस्त माविले २ रजत र ३ कास्य पदक जितेका छन् । निस्कोट माविले कुनै पनि पदक जित्न सकेन । प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्ट्मा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो । भिम माविको व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुन र प्रअ डम्बर घर्तिले १५०० मिटरको छात्र दौड, १०० इन्टु ४ को छात्रा रिले दौड र अफिसियल राजकुमार परियारको विषयमा आयोजकलाई उजुरी गर्नुभएको थियो । १५०० मिटरको दौडका क्रममा किसानी माविका खेल शिक्षक बाहिरबाट भित्री ट्र्याक नजिक गई केही समय आफ्ना खेलाडीसँग सँगै दौडेर अम्पायरले रिवन पनि नटागेको अवस्थामा आफ्नो खेलाडीलाई बिजयको स्वघोषणा गरेको र अम्पायरलाई औपचारिक नतिजा घोषणा गर्न दवाव दिएको भिम माविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चार इन्टु १०० मिटर छात्रा रिले दौड प्रतियोगिताका क्रममा अम्पायरले जालझेल गरि प्रष्ट आधार बिनानै जनप्रिय माविलाई अयोग्य र तेस्रो स्थानमा रहेका किसानी माविका खेलाडीलाई बिजयी घोषणा गरेको भिम माविले आरोप लगाएको छ । यसैगरी कवडीका अम्पायर राजकुमार परियारले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर एथलेटिक्टको प्रतियोगिताका रेफ्रीलाई दवाव र हस्तक्षेप गरेको आरोप लगाएका छन् । गाउँपालिकाका पदाधीकारीहरुले भने नियम अनुसार रेफ्री र एम्पाएरलाई खेल सञ्चालनको जिम्मेवारी दिएको र उनिहरुले गरेको निर्णयनै मान्ने हुने प्रतिक्रिया दिएका छन् । सहमतिमा आउन पटकपटक आग्रह गरेपनि विद्यालयले अटेरी गरेर प्रतियोगितालाई विवादित बनाउने काम गरेको उनिहरुको भनाइ छ ।  
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  २१:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP