शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • मंगला गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई
मंगला गाउँपालिकाकाे राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, माघ १६, २०७९
mangala
बेनी । म्याग्दीको मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मंगला मावि बावियाचौरले हात पारेको छ ।आइतबार गाउँपालिका केन्द्र बावियाचौरमा सम्पन्न प्रतियोगतामा मंगला माविले १४ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरी बिजयी भएको हो । यसैगरी उपविजेता महेन्द्र रत्न मावि वंरजाले ७ स्वर्ण, ५ रजत ५ कास्य पदक प्राप्त गरेर द्धितिय हुन सफल भएको छ । प्रतियोगितामा तृतीय भएको डनिङ बोर्डिङ स्कुलले ५ स्वर्ण,२ रजत र ३ कास्य पदक हात पारेको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।राष्ट्रिय जनजागृति मावि पूर्णगाउँले ३ स्वर्ण,४ रजत र ६ कास्य,दिपशिखा मावि कुहुँले १ स्वर्ण,८ रजत,७ कास्य,त्रिभुवन माविले २ कास्य,शिशु कल्याण माविले ३ रजत २ कास्य र शिद्धशान्ति माविले १ कास्य र शारदा माविले ५ रजत र २ कास्य पदक हात पारेको छ ।प्रतियोगितामा प्रथम हुनेले रनिङ शिल्ड, ट्रफी सहित नगद ५० हजार रुपैयाँ पुरस्कार, द्धितीयले ३० हजार,तृतीय हुनेले २० हजार रुपैयाँ नगदका साथमा ट्रफी र मेडल पाएका छन् । प्रतियोगिताका विजेता विद्यालय र खेलाडीहरुलाई जिल्ला समन्वय समितिको उपप्रमुख डिलकुमारी खत्री,गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्री, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु लगायतले नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । तीन दिनसम्म मंगला मावि र मालिका जनहित बोर्डिङ स्कुल परिसरमा सञ्चालन भएको प्रतियोगितामा छात्रछात्रा तर्फ एथलेटिक्स, कवड्डी र भलिबल गरी १५ वटा इभेन्ट्मा ३० वटा पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए । तिनदिन सम्म संचालन भएको प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको थियो ।  
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०८:२९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP