शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठसँग सांसद गर्बुजाको भेट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १८, २०७९
dr min meet to khambir
बेनी। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजा ‘खम्बीर’बिच भेटघाट भएको छ । उपाध्यक्ष डा. र सांसद गर्बुजा बिच भएको भेटमाम्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिने र जिल्लामा आउने बजेट आकार बढाउने विषयमा छलफल भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको पद सम्हालेपछि बुधबार उपाध्यक्ष डा. श्रेष्ठलाई निवासमै पुगेर बधाई दिदैं प्रतिनिधिसभा सदस्य गर्बुजाले सघीय र प्रदेश सरकारका सडक, खानेपानी, मोटरेबल पुल, भवन लगायतका ठूला योजनाहरू अलपत्र परेको बताउँदै साना ठूला योजनालाइ गति दिन निर्माण ब्यवसायीलाई माथिल्लो निकायबाटै दवाव आवश्यक रहेको बताउनुभयो । सांसद गर्बुजाले बेनी अस्पतालको ५० शैयाको भवन अलपत्र पर्दा उपचारमा समस्या भएको र पालिकारमा निर्माणाधिन अस्पताल भवनले समेत गति नलिएको,बेनी–जोमसोम, बेनी–दरवाङ, गलेश्वर, भगवती, पोखरेवगर–भगवती, दरवाङ–ताकमधारापानी बेनी–बागलुङ, बेनी मालढुंगा लगायत सडक पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गर्दा समस्या भएको बताउनुभएको थियो । ‘तपाईको अघिल्लो कार्याकालमा गति लिएका योजनाले अहिले जिल्लाबासीलाई सहज भएको छ, यसपटक दिर्घकालिन योजनाहरु थपिनेमा आशाबादी छु’ सांसद गर्बुजाले भन्नुभयो । भेटघाटमा जिल्लाका सबै स्थानीय तहमा योजनाहरु मार्फत बजेटको आकार बढाउने डा।श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको थियो । उपाध्यक्ष डा। श्रेष्ठले म्याग्दी जिल्लाको विकासमा सांसदहरुसँग निरन्तर सहकार्य गरी अगाडी बढ्ने बताउनुभयो । अधुरा र अलपत्र योजनासँगै नयाँ योजनाहरुमार्फत समृद्ध म्याग्दीको सपना पूरा गर्ने विषयमा केन्द्रित भएर उपाध्यक्ष डा. श्रेष्ठ र सांसद गर्बुजा बिच छलफल भएको थियो । गएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धनबाट चुनावी अभियानको क्रममा जिल्लाका धेरै वडामा पुग्नुभएका उपाध्यक्ष डा. श्रेष्ठले यसपटक दिर्घकालिन र क्रमागत योजनाहरुमा प्राथमिकता दिनेमा जिल्लाबासी समेत आशाबादी छन् ।  
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०८:५१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP