शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र
बजेट अभावमा तातोपानी प्राकृतिक चिकित्सालय अलपत्र
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, माघ १८, २०७९
IMG_7099
बेनी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो । ‘प्राविधिक र पुर्वाधार निर्माण गरी गत बर्ष असोज महिनादेखि बिरामी भर्ना गरेर सेवा सुरु गर्ने तयारी भएपनि आन्तरिक व्यवस्थापन र जशक्ती व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा ल्याउन नसकिएको हो ,’तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले भन्नुभयो । पर्यटन मन्त्रालयको पचास लाख र एक करोड तातोपानी कुण्ड ब्यवस्थापन समिति गरी एक करोड पचास लाख रुपियाँ लगानीमा पाँच तले भवन निर्माण गरिएको छ । उहाँका अनुसार, भवन निर्माण गर्दा लागेको ६९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।विभिन्न चरणमा स्थानीय उपभोक्ता समिति मार्फत भवन निर्माण गरिएको हो । कोरोना महामारीको कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनी स्थित एक सहकारीबाट ६९ लाख रुपैयाँ ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेटबाट नगरपालिका मार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामाग्री खरिद गरिएको छ । योगा, फिजियो थेरापी, हाइड्रोथेरापी, अक्कुपंचर र परामर्श कक्ष बनाइएको छ ।चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरणहरु यत्तिकै थन्किएर बसेका छन्। यसैगरी प्रशासन र नगरपालिकासंग चिकित्सालय सञ्चालन सहमतिको लागि प्रक्रिया थालिएको उहाँको भनाइ छ । बजेट व्यवस्थापनको लागि स्थानीय ,प्रदेश र सङ्घीय सरकारलाई पहल गर्ने उहाँले बताउनुभयो । म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा परम्परागत शैलीमा शरिर डुवाएर गरिँदै आएको प्राकृतिक उपचारलाई ब्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो । चिकित्सालयमा हाइड्रो थेरापी (जलचिकित्सा), म्यानुयुलेटिभ (मसाज थेरापी), योगा थेरापी, पोषण थेरापी, अकुपंचर, फिजियो थेरापी, परामर्शको माध्यमबाट औषधीको प्रयोग बिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिनेछ । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने बिरामीहरुको अनुभव छ । यस स्थानमा वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । गन्ध आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ । तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ । तातोपानी कुण्डमा बिशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरुको घुँईचो लाग्ने गर्छ । कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउदै आएको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १७:३९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP