शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मंगलाको बाबियाचौरमा नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप हुने
मंगलाको बाबियाचौरमा नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग कप हुने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, माघ २०, २०७९
IMG_9763
बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप–२०७९ हुने भएको छ। मंगला गाउँपालिका भलिबल संघको आयोजनामा आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिता संचालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने मंगला गाउँपालिका भलिवल संघका अध्यक्ष मुक्तमान केसीले बताउनुभयो । त्यस्तै खुल्ला महिला भलिवल प्रतियोगितामा प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने संघले जानकारी दिएको छ। नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्वर्गिय भट्टचनका दुई नातीहरु स्टालिन÷ सरद शेरचन रहनुभएको छ । भने सह–प्रायोजकमा मालिका युवा क्लव÷ मंगला युवा क्लव रहेका छन् । त्यस्तै जिल्ला भलिवल संघले प्राविधिक, रेफ्री र अफिसियल उपलब्ध गराउने भएको छ। प्रतियोगितामा सहभागि हुने टिमका लागि दर्ता शुल्क पुरुषतर्फ ४ हजार महिलातर्फ २ हजार रुपैयाँ रहेको छ । फागुन २ र ३ गते नामदर्ता र ४ गते खेलतालिका सार्वजनिक गरिने संघले जानकारी दिएको छ। प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच घोषण गरिने छ । भने, प्रतियोगिताभर उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको घोषणा गरिने म्याग्दी जिल्ला भलिवल संघका अध्यक्ष तेजेन्द्रबहादुर बानियाँले जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा मंगला गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष धनबहादुर खातीले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यस भलिवल प्रतियोगिताले लुकेर रहेको प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने बताउदै आर्थिक लगायतको ब्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । त्यस्तै जिल्ला भलिवल संघका अध्यक्ष तेजन्द्रबहादुर बानियाँले लोकप्रिय भलिवल खेललाई पछिल्लो समय ब्यवस्थित रुपमा संचालन गर्ने योजना संघको रहेको जानकारी गराउँदै यस प्रतियोगितालाई ब्यवस्थित रुपमा अघि बढाउन स्थानीय तहका जनप्रतिनिधि, ब्यवसायी लगायत सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । भलिवलमा उत्पादन भएका नयाँ खेलाडीलाई खेल क्षेत्रमा सम्भावना छ भन्ने वातावरण तयार गर्न खेलाडीलाई शारिरिक र मानसिक रुपमा सक्षम बनाउन प्रशिक्षण र भलिवल प्रतियोगिता आवश्यक हुने बताउनुभयो। मंगला गाउँपालिका भलिवल संघका अध्यक्ष केसीको अध्यक्षता, जिल्ला भलिवल संघका महासचिव कुमार किसानको संचालनमा भएको कार्यक्रममा वडानम्वर ५ का वडा अध्यक्ष भुपेन्द्रबहादुर खत्री, रघुगंगा गाउँपालिका भलिवल संघका अध्यक्ष अशोक शाही, म्याग्दी उद्योग वाणिज्य संघ मंगला ईकाईका अध्यक्ष राजु पाण्डे, संघका सल्लाहकार श्रीराम पौडेल, सदस्य केपी सापकोटा लगायतको उपस्थित रहेको थियो ।  
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  २३:३३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP