शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ढुङ्गा खानीलाई बैद्यानिक बनाउन पहल भइरहेको छ : मन्त्री जुग्जाली
ढुङ्गा खानीलाई बैद्यानिक बनाउन पहल भइरहेको छ : मन्त्री जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, माघ २१, २०७९
resham jugjal
म्याग्दी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दी लगायत प्रदेशका विभिन्न जिल्लामा रहेका (स्लेट)ढुङ्गा खानीहरुलाई बैधानिक बनाउन प्रक्रिया थालिएको बताएका छन् । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री जुग्जालीले अवैध यस्तो बताएका हुन् । उनले ढुङ्गा खानीलाई बैधानिक बनाउन प्राथमिकता दिएको बताए । उनले म्याग्दीको मालिका गाउँपालिका–१ र २ लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका ढुङ्गा खानीहरुलाई बैधानिक नबनाउँदा राज्यले ठुलो राजश्व गुमाएको बताए । ढुङ्गा (स्लेट) र तामा लगायतको खानी उत्खनन्लाई बैद्यानिक बनाउन सकेमा तीनै तहको सरकारले लाभ लिने समेत उनको भनाइ छ । ‘मालिका गाउँपालिकाको वडा नम्बर १ र २ मा अवैध रुपमा ढुङ्गा खानी संचालन हुँदा मजदुरहरुले कानुनी झन्झट व्यहोर्नुपरेको छ । भने राज्यले ठुलो राजश्व पनि गुमाएको छ ,’ उनले भने । उनले खानी उत्खनन्लाई बैधानिक बनाउनका लागि मन्त्रालयका सचिव र सबै जिल्लाका वन कार्यालय प्रमुखहरुसंग छलफल भइरहेको जानकारी गराए । खानी उत्खनन्बाट स्थानीयलाई रोजगारी र राज्यलाई आम्दानीको मूख्य स्रोत भएको कारण सबैले यसलाई सहजीकरण र सुझाव दिन मन्त्री जुग्जालीले आग्रह गरे । ‘खानीसंगै पर्यटन पुर्वाधार निर्माण गर्नु प्रदेश सरकारको मुख्य काम रहेको छ । यसबर्ष विगतदेखि संचालन गर्दै विकास योजनालाई पुर्णता दिने किसिमले बजेट विनियोजन भएको छ। म्याग्दीका करिव दुईदर्जन विकास योजनाहरु अलपत्र छन् । यी योजनाहरुलाई पुर्णता दिन बजेट ब्यवस्थापन र निर्माण ब्यवसायीलाई ताकेता गरिरहेका छौं ,’ उनले थपे । योजनाहरुमा निर्माण ब्यवसायीलाई काम गर्ने वातावरण निर्माण गर्ने काममा सहजीकरण गर्न पत्रकारलाई पनि आग्रह गरे । जिल्लाभित्र मुख्य सडक, स्वास्थ्यका भवन, शिक्षा लगायतको पुर्वाधारलाई पुर्णता दिने किसिमले जिल्लाका राजनीतिक दल, पुर्व जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिहरुविच समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाए । त्यस्तै धवलागिरी गाउँपालिका– १,गुर्जाका वडाअध्यक्ष झबहादुर छन्त्यालले हिमाली जिल्ला म्याग्दीको पर्यटन विकास गर्नका लागि दुर्गमबस्ती गुर्जा, मल्कवाङ, कुईनमंगलेलाई प्राथमिकता राखेर पुर्वाधार निर्माण गर्नुपर्ने जोड दिए ।उनले जिल्लाको दिगो पर्यटन विकास लागि पोखरा, बेनी कर्णाली प्रदेशको डोल्पा जिल्लासंग जोडिने छोटो दुरीको ‘हिमाली कोरिडोर’लाई अघि बढाउन मन्त्रीलाई आग्रह गरे । म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रमा शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले जिल्लाबाहिर बढ्दो बसाईसराई रोक्न, जिल्लाभित्रनै लगानी गर्ने वातावरण तयार गर्ने विकास योजना र पुर्वाधार निर्माण जोड दिन आग्रह गरे । उनले पछिल्लो समय म्याग्दीको आम्दानी बाहिरी जिल्लामा लगानी भएको बताए । बाहिरी जिल्ला बसाईसराई रोक्ने किसिमले शिक्षा, स्वास्थ्य, सडक, पर्यटन लगायतको पुर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरे ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १९:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP