शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली
घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, माघ २६, २०७९
viber_image_2023-02-09_19-07-24-057
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको अध्ययन थालिएको बताउनुभयो । “यसअघि प्रदेश सरकारले सहयोग गरेका ३२३ वटा घरवासको अवस्था र प्रभावकारीताको अध्ययन, वास्तविकता पहिचान गरेर उत्कृष्ट होमस्टेको प्रर्वद्धनमा गर्ने नीति लिन्छौ,” उहाँले भन्नुभयो “सबैभन्दा राम्रो चलेको र बिग्रिएको होमस्टेको भिजिट गरेर पुनरावलोकन गर्न आवश्यक देखिएको छ ।” प्रदेश सरकारले गण्डकीको सम्बृद्धिको पहिलो आधार पर्यटन बनाएको र पर्यटन विकासका लागि घरवास कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरेर पूर्वाधार र प्रर्वद्धनका गतिबिधिलाई अघि बढाउन प्रदेश सरकारले पहल गरेको मन्त्री जुग्जालीको भनाई थियो ।पोखरामा आउने विदेशीका साथ साथै आन्तरिक पर्यटकहरुलाई आसपासका पर्यटकीय स्थलको भ्रमण गराएर बसाई लम्बाएर ग्रामिण क्षेत्रमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन जोड दिने बताउनुभयो । मन्त्रालयको पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति विभागका सचिव कृष्ण बहादुर बोहोराले यस वर्ष होमस्टे प्रर्वद्धनका लागि बिनियोजन भएको रु। एक करोड बजेट कार्यान्वयनका लागि प्रस्ताव आव्हानको तयारीमा रहेको जानकारी दिनुभयो । पर्यटन पूर्वाधारमा रु। दश करोड बजेटका योजना रहेको उहाँले बताउनुभयो । माघ २४ गतेदेखि शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । पोखरा देखि १२ किलोमिटर पक्कि सडकको यात्रा गरेपछि पुगिने पञ्चासेको फेदी, सारङकोट र पुम्दकोटको टाकुरासँग जोडिएको चापाकोटको दैलोमा पोखरा र फेवाताल छन् ।पोखराको नजिक भएर पनि ओझेलमा परेको चापाकोटको पहिचान र विकाससँगै पर्यटन प्रबद्र्धनका लागि महोत्स आयोजना गरेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो । कोदोबाट बनाइएको सेलरोटी, गाउँमा फलेका लप्सी, दमौराको अचार, अर्गानिक मह, साग, फेवाको असला, दुधे पिडालुको बजारीकरणको लक्ष्य लिएको पराजुलीले बताउनुभयो । माघ २८ गतेसम्म चल्ने महोत्सवमा मौलिक गित, नृत्य, बाजा प्रर्दशनी गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  २३:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP