शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • मन्दिरको भेटीले गलेश्वर बजारमा बत्ती जडान (तस्विर /भिडिओ )
मन्दिरको भेटीले गलेश्वर बजारमा बत्ती जडान (तस्विर /भिडिओ )
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १, २०७९
galeshwor batti
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान गरिएको हो ।महाशिवरात्रीको पूर्वसन्धामा गलेश्वर मन्दिरमा भक्तजनको भेटीबाट संकलन भएको कुल २ लाख ३० हजार ७५० रुपैया लागतमा ५५ वटा सडक बत्ती जडान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले बताउनुभयो । ‘गलेश्वरको आन्तरिक आम्दानीबाट बजारमा बत्ती जडान गरिएको छ, ’  उहाँले  भन्नुभयो  ‘स्थानीयबासी र भक्तजनलाई समेत सहज हुन्छ । ’ बेनी–गलेश्वर हुदै उत्तरी म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातको समयमा समेत गलेश्वर आसपासमा पैदल र सवारीसाधनमा आवतजावतका लागि समेत सहज हुने अपेक्षा गरिएको छ । सडक बत्तीको मर्मतसम्भार सहितका कार्यहरुमा समेत गलेश्वर शिवालय क्षेत्र विकास कोषले सघाउने छ । यसैबीच मन्दिरमा अति जिर्ण अवस्थामा रहेको यात्रशाला, हवन कुण्डको जिर्णद्धारको काम समेत अन्तिम चरणमा पुगेको छ । उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले ४ लाख ५० हजार र बेनी नगरपालिका तिनमाने घर भई हाल काठमाण्डौको ताहाचल बस्ने संस्थाका सल्लाहकार रमेश सुबेदीबाट ६७ हजार सहयोगमा टायल विच्छाउने काम भइरहेको छ । भिडिओ हेर्नुहाेस्... [embed]https://youtu.be/TooJlOAx4JU[/embed]   हवनकुण्डमा चिम्ती राखेपछि यज्ञशाला धुँवारहित हुने कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । त्यस्तै मन्दिर परिसरको मुलगेट आसपासमा रहेको चौतारी स्वर्गीय मिनबहादुर विश्वकर्माका छोरा जिवन विश्वकर्माले मर्मतसम्भार गरिरहेको र मन्दिरमा रहेका पिपल र ब्रम्हलिष्ट गलेश्वर बाबाका मूर्ती रहेको चौतारीका लागि शान्ता गौचनले सहयोग गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।  
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  २२:०१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP