शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ:मन्त्री जुग्जाली(भिडिओ)
उद्योग र पर्यटन क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकार प्रयासरत छ:मन्त्री जुग्जाली(भिडिओ)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन ४, २०७९
minister jugjali
पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग छलफलमा जुटेको बताउनुभयो । भिडिओ हर्नुहाेस्... https://www.tiktok.com/@myagdinews/video/7200620095528275201?is_from_webapp=1&sender_device=pc&web_id=7038544548075914758 [embed]https://youtu.be/luPcizLHQuA[/embed] “गण्डकीमा मौजुदा उद्योग र पर्यटन क्षेत्रको अहिलेको अवस्था, समस्या र समाधानका उपायहरुका बारेमा गहन छलफल गराई निचोडहरुलाई आत्मसात गरी समस्या निदानका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयनको प्रयास गर्नेछु,” उहाँले भन्नुभयो “विश्वब्यापी कोरोना भाइरसको महामारीका कारण पर्यटन क्षेत्रमा देखिएको विषम अवस्थामा अल्झिरहनु हुदैन् । नयाँ विकल्पको खोजी र अवलम्बन गर्नुपर्दछ ।” गण्डकीको सम्बृद्धीको आधार पर्यटननै भएको बताउँदै उहाँले पर्यटनसँगै प्राकृतिक स्रोत साधनलाई उत्पादन र रोजगारीसँग जोड्न विभिन्न २५ वटा औद्योगिक ग्राम र प्रदेश गौरवको आयोजनाका रुपमा दुई वटा औद्योगिक क्षेत्र स्थापना र सञ्चालनको परिकल्पना गरिएको जानकारी गराउनुभयो । गोरखकाली र भृकुटी कागज कारखानालाई पूनजिवन दिएर रोजगारी सिर्जना, अर्थतन्त्रमा टेवा पुग्ने तथा प्रदेशको चिनारी गराउन प्रधानमन्त्री, संघीय र प्रदेश सरकारका निकायसँग सम्पर्क तथा समन्वय गरेको बताउनुभयो । पोखरा अन्तराष्ट्रिय विमान स्थलबाट अन्तराष्ट्रिय उडान गराउने र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को व्यवस्थापनका विषयमा मुख्यमन्त्री मार्फत संघीय सरकारसँग पहल भएको जानकारी गराउनुभयो । डिभिजन र सव डिभिजन वन कार्यालयहरु मार्फत वन डढेलो नियन्त्रण र रोकथाम तथा क्षति न्युनीकरणको प्रयास गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । यसैबीच पोखरामा बुधबार मन्त्रालय अन्तरगत प्रदेशका ११ वटै जिल्लाका पर्यटन तथा उद्योग कार्यालयको उपलब्धी र योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाका विषयमा छलफल भएको छ । पर्यटन तथा उद्योग कार्यालयका प्रमुखहरुले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम कार्यान्वयको अवस्था, समस्या, चुनौति र समाधानका लागि भएका प्रयासको बारेमा जानकारी गराउनुभएको थियो । उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति विभागका अधिकारी र जिल्ला स्थित कार्यालयका प्रमुखहरुलाई मन्त्री जुग्जालीले योजना तथा कार्यक्रम कार्यान्वयनमा तिब्रता दिन दिन निर्देशन दिनुभयो । उहाँले सहज र छिटो छरितो तथा पारदर्शी दंगले कार्यसम्पादन एवम सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । मन्त्रालयका सचिव बद्रिराज ढुंगाना र विभागका सचिव कृष्णबहादुर बोहोराले दुई जना ईञ्जिनियर र नौ जना सवइञ्जिनियर भर्नाको तयारी भएको र प्राविधिक भएपछि योजनाको काम गर्न सहज हुने बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP