शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग शिल्ड सुरु,सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ : सांसद गर्बुजा
नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग शिल्ड सुरु,सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ : सांसद गर्बुजा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन ५, २०७९
IMG_9976
बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकास र प्रवद्र्धनमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको मंगला गाउँपालिका–२,बाबियाचौरमा मंगला भलिबल संघले आयोजना गरेको प्रथम नरबहादुर भट्टचन स्मृती भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो ।कांग्रेस म्याग्दीका सभापति समेत रहनुभएका गर्बुजाले भलिबल खेलले म्याग्दीको पहिचान स्थापित गरेकाले खेलकुद गतिविधिबाट समेत जिल्लाको नाम चिनाउन सकिने बताउनुभयो ।उहाँले खेलाडीको प्रोत्साहन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रलाई विस्तार र व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो,‘खेलकुदको विकास, खेलाडीहरूको उन्नति र प्रगतिका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’ खेलकुद क्षेत्रको विस्तार गर्न र खेलाडीहरूलाई हौसला प्रदान गर्न आफुले पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । यसैगरी उहाँले जिल्लाको विकास र समृद्धीका लागि सबै राजनितिक दल एक हुनुपर्नेमा जोड दिनुभयो । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले खेलकुद गतिविधिमा लगानीमा प्राथमिकता दिएको बताउनुभयो।उहाँले पालिका भित्र रहेका खेलकुद प्रतिभालाई सम्मान सहित जिल्ला, प्रदेश रराष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा समेत सहभागिताको वातावरण बनाएको बताउनुभयो । प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले समेत भलिबलमा म्याग्दीले राष्ट्रिय टोलीको कप्तान सहितका खेलाडीहरु जन्माएको बताउनुभयो । प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी अधिकारी, वडा नं २ का अध्यक्ष धनबहादुर खाती, वडा नं ४ का अध्यक्ष लालबहादुर रोका लगायतको उपस्थिती रहेको थियो । उद्घाटन समारोहको अध्यक्षत मंगला भलिबल संघका अध्यक्ष मुक्तमान केसी, स्वागत सचिव रामबहादुर गुरुङ र सञ्चालन सचिवालय प्रमुख कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो । समाजसेवी स्वर्गीय नरबहादुर भट्टचन स्मृति आयोजित भलिवल रनिङ्गकप प्रतियोगितामा पुरुषतर्फ प्रथम द्वितिय हुनेले क्रमशः एक लाख रुपैयाँ र ५५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र पुरस्कार प्रदान गरिने छ ।प्रतियोगितामा पुरुषतर्फ १३ टिमको सहभागिता रहेको छ भने खुल्ला महिला भलिवल प्रतियोगितका लागि भने दर्ता हुने क्रम जारी रहेको आयोजकले जनाएको छ । खुल्ला महिलातर्फ प्रथम र द्वितिय हुनेले क्रमशः ६० हजार रुपैयाँ र ३५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकपको मुख्य प्रायोजकमा स्वर्गिय भट्टचनका दुई नातीहरु स्टालिन÷ सरद शेरचन रहनुभएको छ । भने सह–प्रायोजकमा मालिका युवा क्लव÷मंगला युवा क्लव रहेका छन् । त्यस्तै जिल्ला भलिवल संघले प्राविधिक, रेफ्री र अफिसियल उपलब्ध गराएको छ । प्रतियोगिताको प्रत्येक खेलमा म्यानअफ म्याच घोषण गरिने भने प्रतियोगिताभर उत्कृष्ट खेलाडी, स्पाईकर, ब्लकर, सर्भर, डिफेन्डर, सेटर, टिमकोचको घोषणा गरिने मंगला भलिबल संघले जनाएको छ ।  
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  २१:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP