शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री
नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, फागुन ७, २०७९
nepal teacher sangha 5
बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुवेदी ,उपाध्यक्षमा चन्द्रमान छन्त्याल,सचिवमा विनय श्रेष्ठ ,अर्थ सचिवमा शिवदत्त रेग्मी ,सहसचिव महिलामा अञ्जु पोख्रेल ,अर्थ सह सचिव महिलामा भगवती शर्मा ,सहसचिवमा ज्ञानेन्द्र वीक्रम शाह ,सह सचिव समावेशीमा गिता सुवेदी , र सह सचिव समावेशीमा राजेन्द्र जिसी चयन हुनुभएको निर्वाचन संयोजक दिवाकर सुवेदीले जनाकारी दिनुभयो । यसैगरी सदस्यहरुमा सुनिल बहादुर बानियाँ , बिमला बुढा सिंकिजा पुन , प्रेम बहादुर थापा, लिल बहादुर सुनार , रमेश प्रसाद पौडेल रहनुभएको छ । त्यस्तै पालिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ । अधिवेशनले प्रदेश अधिवेशनमा रुद्र बहादुर घर्ती क्षेत्री र खेमराज शर्मालाई चयन गरेको छ भने संघिय अधिवेशन प्रतिनिधिमा कल्याण प्रसाद सुवेदी , देउमान घर्ती, जमुना कुमारी रोका , पदम बहादुर केसी र गजिन्द्र श्रेष्ठलाई चयन गरेको छ । कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभएको थियो । उहाँले शिक्षक सम्मानित पेशा भएकोले पेशालाई थप मर्यादित र शिक्षा क्षेत्रको थप विकास गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत हरनुभएका सांसद गर्बुजाले पेशागत संगठनलाई थप बलियो बनाउन क्रियाशिल हुन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,जिल्लाका शिर्ष नेताहरु तथा शिक्षक संघका केन्द्रीय नेताहरुले बाल्नुभएको थियो । कार्यक्रममा सेवा निबृत्त १७ जना शिक्षकलाई सम्मान , कोभिडको समयमा आईसीटी तालिम दिने प्रशिक्षकहरु र पुर्ब शिक्षकसंघका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  २३:०६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP