शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • नेपाली चेलीद्धारा अमेरिकी महादेशको अकान्कागुवा हिमालको आरोहण (तस्बिरसहित)
नेपाली चेलीद्धारा अमेरिकी महादेशको अकान्कागुवा हिमालको आरोहण (तस्बिरसहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ९, २०७९
manu-
म्याग्दी । नेपालकी एक चेली  अमेरिकी महादेशकाे अकान्कागुवा हिमालको सफल आरोहण गर्नुभएको छ । मनाङको नाशोङ गाउँपालिका–७,मा जन्मनुभएकी मनु गुरुङ दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–७,बिम निवासी गुरुङ अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहेको ६९६२ मिटर अग्लो हिमाल चढ्न फेब्रुअरी १ मा त्यसतर्फ जानुभएको थियो ।माउन्टेन वुमन अफ द वर्ल्ड नेटवर्क नामक संस्थाको सहयोगमा हिमालको सफल आरोहण गर्नुभएको उहाँका श्रीमान सान जुग्जालीले जानकारी दिनुभयो । उक्त संस्थाले नेपालबाट गुरुङ सहित विभिन्न देशका १५ जना महिलालाई आरोहणमा सघाएको हो । मनु नेपालको एकमात्र प्रतिनिधि हुनुहुन्छ । आरोहणमा गएकामध्ये ९ जनाले मात्रै सफल आरोहण गरेको बताइएको छ ।गुरुङ सन् २००८ देखि पर्वतीय पर्यटनमा आबद्ध रहनुभएको छ । गुरुङले यसअघि नै अन्नपूर्ण क्षेत्रको टेन्ट पिक, चुलु पश्चिम, अन्नपूर्ण चौथो, मिरा पिक, आइल्याण्ड पिक, फोकाल्दे, लोबुचे पिक र धम्पुस पिकको सफल आरोहण गरिसक्नुभएको छ । उहाँले युरोपको डोलोमिटी पिक र माउन्ट कार्किनेटाको आरोहण गरिसक्नुभएको श्रीमान जुग्जालीले बताउनुभयो । म्याग्दीली बुहारी समेत रहनुभएकी गुरुङले हिमाल चढेर अन्तर्राष्ट्रियस्तरमा देशको नाम राख्न सफल भएकोमा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बधाई दिँदै खुशी व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:२१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP