शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माओवादीले सहमति पालना नगरे सरकार ढल्छ : पुर्व मन्त्री अर्याल
माओवादीले सहमति पालना नगरे सरकार ढल्छ : पुर्व मन्त्री अर्याल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, फागुन ९, २०७९
IMG_0405
म्याग्दी । सत्तारुढ दल नेकपा एमालेकी केन्द्रीय सचिव एवं पुर्व पुर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले माओवादी केन्दले गत १० पुसमा भएको सहमती पालना नगरे सरकार ढल्ने चेतावनी दिनुभएको छ । मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएकी मन्त्री अर्यालले राष्ट्रिय सहमतीको बाहनामा पुस १०मा भएको सहमतीको उल्लङ्घन गरे सरकार ढल्ने नयाँ समिकरण बन्ने संकेत गर्नुभएको छ । ‘ १० पुसमा भएको सहमती अनुसार राष्ट्रपति पदमा एमालेले पाउनुपर्छ । माओवादीले पनि एमाले उम्मेद्वारलाई सघाउनुपर्छ । यदी विभिन्न बाहनामा माओवादीले सहमती उल्लङघन गरे सरकार ढल्छ र कमरेड प्रचण्डले प्रधानमन्त्री पद पनि गुमाउनुहुन्छ ।’ ,‘ धेरै विकल्पहरु बाहिर आइरहेका छन् ,ती सम्भावित विकल्पहरु हुन् । राजिनितिमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । १० गतेको सहमती तोडिदा माओवादी नेतृत्वको सरकार ढल्छ । र,राजनितिले नयाँ कोर्स लिन्छ ,’उहाँले थप्नुभयो । पुर्व मन्त्री अर्यालले माओवादीले सहमति तोडे विकल्पको रुपमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससंग पनि एमालेको सहकार्य हुनेतर्फ सङ्केत गर्नुभयो । परमादेशी सरकार बनेपछि जनताले सुखको अनुभुती गर्न नसकेको बताउँदै वर्तमान गठबन्धनको नेतृत्वमा सरकार बनेपछि भने जनताले सुखको अनुभुती गर्न थालेको र मुलुक बर्बाद हुनबाट जोगिएको दाबी गर्नुभयो ।संसदको पहिलो दल नेपाली कांग्रेसले सत्ता जोगाउन नसके पछि एमालेले जुवा खेल्दा प्रचण्ड परेको उहाँको भनाइ छ । ‘कमरेड प्रचण्ड एमालेले फालेको पासोमा पर्नुभएको हो,उहाँले सहमती तोड्दा सबै गुम्छ ,’उहाँले भन्नुभयो । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालतर्फ इङ्गित गर्दै उहाँले प्रश्न गर्नुभयो ,‘ भन्दाखेरी बामपन्थीको कुरा गर्ने अनि बामपन्थीको सरकार हटाएर दक्षीणपन्थीको नेतृत्वमा सरकार गठन गर्ने ?’ उहाँले पार्टी भित्र अराजकता र चरम दक्षीणपन्थी अवसरबाद मौलाउँदै गएको बताउनुभयो । बेनीमा जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुलाई दुई दिने प्रशिक्षण सकेको एमाले म्याग्दीले फागुन २० गतेभित्र पालिका र बैशाख ९ गतेसम्म वडा तथा टोल स्तरमा संगठन सुदृढीकरण र विस्तारको गतिबिधि गर्ने योजना बनाएको जिल्ला उपसचिव राजकुमार थापाले बताउनुभयो । पार्टी र जनवर्गीय संगठनहरुको भेला, बैठक, प्रशिक्षण, सदस्यता विस्तार र नविकरण समेत गरिने उहाँले बताउनुभयो। पार्टी र नेता कार्यकर्तालाई टोल र वस्ती स्तरसम्म परिचालन गरिने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो।  
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  २०:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP