शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १२, २०७९
IMG_0628
बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा  शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे । जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य गर्वुजाले प्रतियोगिताले पालिकास्तरको खेलबाट पहिचान भएका उत्कृष्ट खेलाडीको खेलप्रतिभा उजागर गराउन सहयोग पुगेको बताउनुभयो । उहाँले जिल्लाको खेलकुद क्षेत्रको पुर्वाधार निर्माणमा संघमा सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । शनिबारसम्म संचालन हुने रनिङ शिल्ड प्रतियोगिता अन्तरगत भलिबल, कबड्डी, एथलेटिक्समा पालिकास्तरीयबाट सहभागि खेलाडी विद्यार्थीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न विद्याका ४८ वटा स्वर्णमा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकाले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचन, जिसस प्रमुख राजकुमार थापा, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन र प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । रनिङशिल्ड उद्घाटनमा पालिकास्तरीय मार्चपासमा प्रथम मंगला गाउँपालिका, द्धितिय रघुगंगा गाउँपालिका र तृतिय अन्नपूर्ण गाउँपालिका भएका थिए । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कपको महिला भलिवलमा विजेता हुने म्याग्दीका खेलाडीलाई पनि सम्मान गरिएको थियो ।जिल्लास्तरीय रनिङशिल्डमा उत्कृष्ट हुने विद्यार्थीहरुले फागनु २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा छनोट गराईने खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो । यस खेलकुद प्रतियोगिताबाट छनोट भएका ८८ जना खेलाडी प्रदेशमा सहभागि हुने छन् ।   
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १५:४२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP