शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • माओवादी केन्द्रको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
माओवादी केन्द्रको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १५, २०७९
IMG_0030
म्याग्दी। नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा सुरु गरेको ‘जनतासंग पार्टी अभियान’ म्याग्दीमा उद्घाटन गरिएको छ । जनताका गुनासा, सुझाब र राय संकलन गर्दै पार्टीलाई थप संगठीत र क्रियाशिल बनाउने उदेश्यले पार्टी केन्द्रको निर्देशनमा गण्डकी प्रदेश कमिटीले उक्त अभियान सबै निर्वाचन क्षेत्रमा एकसाथ सुरु गरेको हो । आईतवार बेनीमा सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले ६ वटा स्थानीय तहको पालिका स्तरको कार्यक्रमको लागि कार्यतालिका समेत तयार गरेको छ । बैठकले फागुन १८ गते बेनी नगरपालिका, १९ गते धवलागिरी गाउँपालिका, २० गते रघुगंगा र मालिका गाउँपालिका र २४ गते अन्नपूर्ण र मंगला गाउँपालिकामा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । सहिद सप्ताहको अवसरमा सुरु भएको उक्त अभियान आगामी वैशाख १४ गतेसम्म जिल्लामा रहेका प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र वडा हुँदै टोल र वस्ती स्तरमा सञ्चालन हुनेछ । अभियानको आइतवार बेनीमा ९नेकपा माओवादी केन्द्र० का स्थायी कमिटी सदस्य यशोदा सुवेदीले दुई महिने अभियानले पार्टीलाई थप गतिशिल र संगठीत बनाउँदै जनतामुखी पार्टीको रुपमा स्थापित गर्ने बताउनुभयो । उहाँले पालिका र वडा तह हुँदे वस्ती स्तरमा पार्टी स्कुलीङ कार्यक्रम लैजान र जनताका समस्या र गुनासाहरुको टिपोट र पार्टी तहमा रिपोर्ट गरि जनताका समस्या समाधानमा पार्टी अभियानलाई प्रभाबकारी बनाउन आग्रह गर्नुभयो । ‘‘चुनाबमा मात्रै नेताहरु गाउँ पस्ने होइन, त्यसको अन्त्यका लागि पार्टीले दुई महिने अभियान नै चलाएको हो, नेताहरु हरेक समयमा जनतातर्फ केन्द्रित हुनुपर्छ, उनीहरुका गुनासा र समस्या सम्बोधनमा लाग्नुपर्छ भन्ने नै यो कार्यक्रमको सन्देश हो’’–उहाँले भन्नुभयो । कार्यक्रमा पार्टी केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेलले अभियानको क्रममा पार्टी र जनवर्गीय संगठनहरुको गठन र पुर्नगठन कार्यक्रमसंगै सदस्यता नविकरणको कामलाई समेत संगसंगै अगाडी लैजाने बताउनुभयो । उहाँले अभियानलाई जनताका समस्यालाई पार्टीको नेतृत्वमा हल खोज्नेतर्फ केन्द्रित गर्नुको साथै नेतृत्वमा विचार र संगठनलाई सुदृढीकरणमा समेत जोड्ने बताउनुभयो । कार्यक्रममा जिल्ला संयोजक तथा गण्डकी प्रदेशका उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली ९सुविन०ले जिल्लाको ४५ वटै वडामा अभियानलाई प्रभाबकारी बनाउन जिल्ला समन्वय समिति, पालिका र वडा समिति संगै जनवर्गीय संगठनलाई आग्रह गर्नुभयो । उक्त अभियानको क्रममा सहिद, घाईते, वेपत्ता परिवारसंग समेत भेटघाट र छलफल गर्ने योजना रहेको संयोजक जुग्जालीले बताउनुभयो । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले यो अभियानले नेताहरु जनतातिर फर्किने वातावरणको सिर्जना गर्ने र पार्टीलाई थप क्रियाशिल बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार, गण्डकीका ३६ प्रदेश निर्वाचन क्षेत्रमा पार्टीको बैठक, भेला, संगठन र जनवर्गीय संगठनहरु, मोर्चा लगायतको आबश्यकता अनुसार पुर्नगठन र गठन लगायतका कार्यक्रमहरु समेत हुनेछन् । कार्यक्रममा पार्टीका गण्डकी प्रदेश समितिका सहसचिब टेकबहादुर विश्वकर्मा र सचिबालय सदस्य विनोद केसीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा र पार्टीको संगठनको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो भने बेनी नगरसमितिका सचिब ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ०८:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP