शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)
‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, फागुन १५, २०७९
IMG_1091
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय,न्यु वेष्ट पोइन्ट आवासीय मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हासिल गर्न सफल भएको मगर संघ जिल्ला समन्वय समितिका उपाध्यक्ष खम थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रतियोगितामा ९ वटा विद्यालयले सहभागी जनाएका थिए । स्वर्गीय हेमबहादुर पुन नेपाल मगर संघका संस्थापक केन्द्रीय अध्यक्ष हुनुहुन्छ । प्रतियोगितामा प्रथम भएको बेनी बोर्डिङले २० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र ,द्धितिय दरबाङ इङ्गलिस बोर्डिङ स्कुलले १२ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र ,तृतीय भएको न्यु वेष्ट पोइन्टले ८ हजार रुपैयाँ सहित प्रमाणपत्र र ट्रफी तथा सान्तना भएको प्रकाश माविले ५ हजार रुपैयाँ र प्रमाणपत्र हात पारेका छन् । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा र मगर संघ म्याग्दीका अध्यक्ष लोकबहादुर (लोकेश )पुन मगरले विजेता र उपविजेता विद्यालयहरुलाई पुरस्कार वितरण गर्नुभयो । संघिय सांसद गर्बुजाले स्थापना दिवसको शुभकामना व्यक्त गर्दै मगर समुदायको इतिहासलाई संरक्षण र प्रवद्र्धन संगै पुर्खाहरुको योगदानलाई युवा पुस्ताले समेत सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मगर समुदायको भाषा ,कला ,संस्कृती मगर जातीको मात्र नभई देशकै गहना भएको भन्दै यसको संरक्षण ,प्रवद्र्धन र उत्थानका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका प्रतिभा पहिचान सहित मगर समुदायका कला ,संस्कृतीको प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो । सांसद गर्बुजाले मगर समुदायको बाहुल्यता भएपनि राज्यको बेवास्ता र मगर समुदायले अग्रसरता नलिएकै कारण भाषा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राज्यका हरेक क्षेत्रमा मगर समुदायको प्रतिनिधित्व न्युन भएको बताउँनुभयो । मगर समुदायको भाषा पुर्नत्थान ,कला ,संस्कृतीको संरक्षण जगेर्ना संगै समग्र म्याग्दीको विकास र उन्नतीको लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । शिक्षामा जोड दिएर अभिभावकले आप्mना बालबालिकालाई सरकारी सेवा संगै स्वदेशमै बसेर काम गर्न सक्ने वातावरण निर्माण गरिदिन र हौसला प्रदान गरिदन समेत आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यद्धय बिमला गौचन र हरिबहादुर भण्डारीले मगर समुदायको कला संस्कृती ऐतिहासिक र देशकै गौरव भएको बताउनुभयो । मगर संघले निर्माण गर्ने सङ्ग्रहालयलाई बजेट विनियोजनका लागि आफुहरुले प्रदेश सरकारबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । म्याग्दीमा मगर समुदायका कला ,संस्कृती र भाषा पुर्नत्थान संगै संरक्षण तथा प्रवद्र्धन गर्न आफुहरुले विशेष पहल गर्ने बताउनुभयो । यसैगरी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर , धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र अन्नपुर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले मगर समुदाय सहित सबै समुदायको लोपोन्मुख भाषा ,कलासंस्कृतीको संरक्षण र प्रवद्र्धनमा स्थानीय तहले आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा ,जिल्ला शिक्ष विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापा मगर ,धवलागिरी गाउँपालिका–३,का वडा अध्यक्ष देविन्द्र रोका ,मंगला गाउँपालिका–४,का वडा अध्यक्ष लालबहादुर रोका ,मगर संघ म्याग्दीकी निवर्तमान अध्यक्ष डकमाया पाइजाले कार्यक्रमले विद्यार्थीमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नुका साथै कला संस्कृतीको प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विभिन्न समयमा संविधानमा व्यवस्था भएको अधिकार माथि समते आक्रमण हुँदै आएको बताउनुभयो । मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष पुन मगरले मगर समुदायको साझा संस्था मगर संघको स्थापना दिवसको अवसरमा विद्यार्थीको प्रतिभा पहिचान र कला संस्कृतीको प्रवद्र्धन गर्ने उद्धेश्यले प्रतियोगिता सञ्चालन गरिएको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । मगर संघ म्याग्दीका सचिव हिराबहादुर पुन र मगर विद्यार्थी संघका केन्द्रिय सदस्य समिर रोका मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खम थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तीहरुलाई सम्मान गरिएको थियो भने क्यान्सर पीडित दुर्गा शेरपुञ्जाको उपाचारको लागि संकलित रकम हस्तान्तरण गरिएको थियो । सोही कार्यक्रममा सांसद गर्बुजाले किरन पुनको ‘हिमाली गाउँ’ गितको भिडिओ लोकार्पण गर्नुभयो ।  
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  २०:५५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP