शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)
म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन १८, २०७९
IMG_1353
बेनी । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले विहिबार पत्रकार सम्मेलन मार्फत बेनी स्थित खुल्लामञ्चमा चैत १ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी गराएका हुन् । भिडिओ हेर्नुहाेस् ... [embed]https://youtu.be/ODVWnO57uHg[/embed] म्याग्दीमा पहिलो पटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गरिएको हो । संयोजक बिक्रम सुवेदीले आमन्त्रित खेलमा तोकिएका क्लवहरुको मात्र प्रतिनिधित्व हुने बताउनुभयो ।म्याग्दीका ८ र जलजला गाउँपालिका वारी बेनीको उत्साही समूह र विकु फ्यामिलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । कालीपुल, एभरग्रिन, दोभान, वौद्ध, मनसुन, अर्थुङ्गे युनाइटेड, रिभरसाइड, जनप्रिय भूपु र पश्चिम दरवाङ युवा क्लवको सहभागिता हुनेछ् । प्रतियोगितामा विजेता र उपविजेतालाई कप, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद एक लाख १५ हजार रुपैयाँ र ७० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेण्डर, स्ट्राइकर, अनुशाषित टिमलाई पुरस्कार तथा प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरिने जिल्ला फुटबल संघ म्याग्दीका सचिव कुमार बानियाँले बताउनुभयो । टिम दर्ता शूल्क प्रति क्लव २० हजार रुपैयाँ र दुई हजार रुपैयाँ घरौटी तोकिएको छ । लिग प्रणालीमा खेलाउँदा प्रतिभा पहिचान गर्न सहज र खेलाडीले खेल्ने अवसर पाउने बताइएको छ । पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले लिग प्रतियोगिता म्याग्दीको फुटबल क्षेत्रमा कोशेढुंगा सावित हुने बताउनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यताका लागि समेत अव तिब्र गतिमा काम हुने विश्वकर्माले बताउनुभयो । प्रतियोगिताका कुल १० लाख आर्थिक संकलन गरी प्रतियोगिताको समापन लगत्तै अर्कोपटकको आयोजकलाई खेलबाट बचत भएको आर्थिक सहित जिम्मेबारी हस्तान्तरण गरिने उहाँले बताउनुभयो । विगतमा एन्फाको सदस्य बन्न म्याग्दीबाट गरिएको प्रयासहरू विभिन्न अवरोध र तयारीमा भएको कमीले असफल भएकाले यसपटक लिग प्रतियोगितामा आवद्ध भएका क्लवलाई समेटेर थप प्रक्रियामा समेत जाने तयारी भइरहेको छ ।प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवम् बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकी लगायत क्लवका पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १९:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP