शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम
अन्नपूर्णमा समुदायमा आधारित विपद् प्रतिकार्य तालिम
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन १९, २०७९
IMG_9316
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा समुदायमा आधारित विपद् प्रतिकार्यसम्बन्धी तालिम आज (शुक्रवार) सम्पन्न भएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोग र युकेएडको आर्थिक सहयोगमा विपद्को समयमा आइपर्ने समस्याको सामना गर्नका लागि पूर्वतयारीस्वरुप तालिम सञ्चालन गरिएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील समिति अर्थात् विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरेर सञ्चालन गरिएको तालिममा २३ जनाले सहभागिता जनाएका थिए । गएको मङ्गलवारदेखि आज शुक्रवारसम्म चारदिन चलेको तालिममा गोर्खा वेलफेयर ट्रष्ट नेपाल र सशस्त्र प्रहरी बल कुरिनटार शिक्षालय चितवनको एपिएफ टिमले सहजीकरण गरेको थियो । सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइएको उक्त तालिममा सिलिण्डर ग्यास पड्किँदा कसरी आगो निभाउने, घाँटीमा हड्डी अड्किएमा गर्नुपर्ने उपचार, बाढीपहिरोको समयमा फसेका मानिसहरुको खोज, उद्धार, राहत एवं पुनसर््थापनालगायत विविध विषयहरुमा सहजीकरण गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यसैगरी तालिममा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, पूर्व सूचना प्रणाली र क्षतिको मूल्याङ्कनको विषयमा आधारित रहेर सहजीकरण गरिएको थियो । तालिम समापनसत्रलाई सम्बोधन गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालका कार्यक्रम निर्देशक दिपककुमार श्रेष्ठले तालिमको अवधिमा सिकाइएका ज्ञान, सिपलाई आगामी दिनमा विपद्को समयमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले कुनै पनि विपद् आउनुपूर्व आवश्यक तयारी राम्रोसँग गरियो भने विपद्बाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न सकिनेमा जोड दिनुभयो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले विपद्को समयमा मानवीय हिसाबले पनि उद्धार गर्नैपर्ने भएकाले तालिमबाट आउँदा दिनमा हुने विपद्बाट जोगिन तथा उद्धारमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । अन्नपूर्ण–२, भूरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रसाद फगामी र नेपाल रेडक्रस सोसाइटी भूरुङ–तातोपानी उपशाखाका उपसभापति चन्द्रकुमारी राम्जालीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा गोर्खा वेलफेयर ट्रष्टले निर्माण गरेको अन्नपूर्ण गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता (खासस्वा) योजना) २०२३–२०३३ गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP