शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा,२० भन्दा बढी विद्यालयले सहभागिता जनाउने
जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा,२० भन्दा बढी विद्यालयले सहभागिता जनाउने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, मंसिर ८, २०७६
jces

म्याग्दी ,आइतबार मंसिर ८ गते । जिल्ल्लाको सदरमुकाम बेनीमा सोमबार देखी सुरु हुने १८ औँ जिल्लास्तरीय अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । म्याग्दी जेसिजको योजनामा यही मंसिर ९ देखि १४ गतेसम्म आयोजना गरिएको १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ को तयारी पुरा भएको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

जिल्लाका २० देखि २२ विद्यालय सहभागि हुने प्रतियोगिताको आर्थिक संकलन, प्रचारप्रसार, पूर्वाधार निर्माण, खेलकुद सामाग्री ब्यवस्थापन, छपाई लगायतका तयारी पुरा भएको १८ औ जेसिज कपका संयोजक हरी भण्डारीले जानकारी दिए । ९ गते सोमबार बेलुका म्याग्दी जेसिज सचिवालयमा गण्डकी प्रदेश सांसद विनोद केसीको प्रमुख आथिथ्यतामा प्रतियोगिताको उद्घाटन् गरिने छ ।

जेसिज कप प्रतियोगितामा विजेतालई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ। अनुशासित टिमलाई सात हजार ७७७ रुपैया रहेको छ। भने उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वा्धिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राईजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
जेसिजकप फुटवल प्रतियोगिताको नुमानित आयरब्यय ७ लाख ९४ हजार बराबरको रहेको छ ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर÷ रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको जेसिजका अध्यक्ष खम थापामगरले बताए ।नरेश मोवाईलका प्रोपाईटर नरेश श्रेष्ठले १ लाख पाचहजार र रारा हार्डवयरका संचालक प्रिया कार्की खत्रीले १ लाख रुपैयाको चेक आर्थिक संयोजक हरी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

१८ औँ जेसिज कप फुटवल प्रतियोगिताको अवसरमा ७ औँ जेसीज कपका उतकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता ईपेन तिलिजा, उतकृष्ट गोलरक्षक उमेश पुन र रेफ्रीको भूमिका निर्वाह गर्ने खड्क केसीलाई सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  ०८:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP