शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • लागू औषध सहित २ जना पक्राउ
लागू औषध सहित २ जना पक्राउ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, फागुन २५, २०७९
lagu-asud-myagdi
बेनी । म्याग्दीमा पछिल्लो समय सबै भन्दा बढी लागू औषध सहित दुई जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ,जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ बेनी नगरपालिका–८, कालीपुलबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७, का २८ वर्षीया सोबिता बागदास र बेनपा–९ घतान का ३२ वर्षीय प्रेम सार्कीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । पर्वतको जलजला गाउँपालिका–३ ,मा बस्दै आएका उनिहरुको साथबाट २०० एम्पुल डाईजोपाम, २०१ एम्पुल फेनेरागन र २०० एम्पुल नुर्फिन बरामद भएको प्रनाउ कुँवरले जनकारी दिए । प्रहरीले पछिल्लो तीन वर्षयता उनिहरुबाट ठूलो परिणाममा लागू औषध बरामद गरेको हो । उनिहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । उनिहरुले भारतको सिमानाबाट लागू पदार्थ ल्याएर म्याग्दीको विभिन्न ठाउँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पछिल्लो १५ दिनमा बेनीमा बागदास र सार्की सहित चार जनालाई प्रहरीले लागू औषध सहित पक्राउ गरेको जनाएको छ । यसअघि फागुन ११ गते जलजला गाउँपालिका–३ मल्लाचोकबाट रुपन्देहीको सोमरीमाई गाउँपालिका–३ का १९ वर्षीया मुस्ताफा खानलाई ३१९ ट्याबलेट नाइट्राभेट लागू औषध सहित पक्राउ गरेको थियो । फागुन १६ गते बेनी नगरपालिका ८ कालीपुलबाट भारतको बगनग्राम माल्हादा पश्चिम घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई ६।५ ग्राम खैरो हिरोइन सहित पक्राउे प्रनाउ कुँवरले बताए । म्याग्दी जिल्ला अदालतले कर्तब्य ज्यान मुद्दामा १७ वर्ष ४ महिना १ दिन कैद सजायको फैसला गरेकी २३ वषीया महिला, जवरजस्ती करणी मुद्दामा १ वर्ष कैद भुक्तान गर्न बाँकी रहेका ६८ वर्षका पुरुष र लागु औषध मुद्दामा ४ दिन कैद भुक्तान गर्न बाँकी रहेका १ जना पुरुषलाई पक्राउ गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा लागू औषधका दुई वटा मुद्दामा ४ जना, २०७७÷७८ मा ६ वटा मुद्दामा ७ जना र २०७६÷७७ मा ९ वटा मुद्दामा ११ जना पक्राउ परेका थिए । २०७६÷७७ मा १०९ एम्पुल डाईजापाम, १०९ एम्पुल फेनेरागन, १११ एम्पुल नुर्फिन, ४ थान सिरिन्ज, १४२ ग्राम चरेश, ७ किलो ९५० ग्राम गाँजा बरामद गरेको प्रहरी जनाएको छ । २०७७÷७८ मा १५० एम्पुल डाईजेपाम, १४९ एम्पुल फेनारागन, १४८ एम्पुल नोर्फिन, ३२ केजी १७५ ग्राम गाँजा र नगद रु। १२ हजार ६० बरामद भएको थियो । २०७८÷७९ मा ७ एम्पुल डाईजेपाम, ८ एम्पुल फेनेरागन, ७ एम्पुल नुर्फिन र ५४८ ग्राम गाँजा बरामद भएको प्रहरीले दिएको तथ्याङ्कमा छ । प्रहरी निरीक्षक राजन ढकालका अनुसार प्रहरीले पछिल्लो १ महिनाको अवधिमा अदालतले विभिन्न मितिमा गरेको फैसलाबाट दोषी ठहर भएका २२ जना कसुरदारहरुलाई पक्राउ गरेको छ । उनिहरुलाई लागेको २५ वर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार ३७५ रुपैयाँ जरिवाना असुल उपर गरेको छ ।  
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २१:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP