शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु
राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, फागुन २६, २०७९
IMG_0168
म्याग्दी ।राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो ।अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले देशको सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त रहेको बताउनुभयो । उहाँले अन्य पार्टीहरुका युवा सङ्गठनहरुको तुलनामा राष्ट्रिय युवा संघ नेपाल सशक्त रुपमा अगाडि बढिरहेको बताउँदै युवा संघले नेपाली जनता र देशलाई अप्ठ्यारो अवस्था परेको खण्डमा आवश्यक भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । केन्द्रीय उपाध्यक्ष रावलले देशमा विभिन्न समयमा हुने कालोबजारी, बढ्दो महङ्गी, भ्रष्टाचार, अनियमिमता, अराजकतालगायत गलत क्रियाकलापहरुको भण्डाफोर र नियन्त्रणमा युवा संघले सशक्त भूमिका खेलेको दावी गर्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपालले रक्तदान, खेलकुद र शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्दै आएको भन्दै हालै मात्र १० लाख रुपैयाँ पुरस्कार राशीको केपी ओली कपको समेत आयोजना गरेको बताउनुभयो । अब देशका तमाम युवाहरु विदेशिने मात्र नभई स्वदेशमै राजनीतिकसँगै विभिन्न पेशा, व्यवसायमा जोडिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले वर्तमान परिस्थितिमा एमालेको विरुद्ध चौतर्फी घेराबन्दी भैरहेकाले यसलाई पराजित गर्नका लागि युवा संंघ सशक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा जिल्लाको ४५ वटै वडामा पुगेर आफ्नो सङ्गठन विस्तार गरी व्यापक बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गुरुङ, एमाले जिल्ला सदस्यद्वय दिनेश केसी, सावित्रा केसी, बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सिर्जना केसी, एकजित रोका र कास्की जिल्ला अध्यक्ष पानबहादुर जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका संयोजक शिशिर शाहीको अध्यक्षता र सहसंयोजक विजय घर्तीमगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बेनी नगर कमिटी उपसचिव लक्ष्मण कटुवालले गर्नुभएको थियो । अहिले युवा संघको बन्दसत्र सुरु भएका छ भने बन्द सत्रबाट संघको नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १९:५२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP