शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पर्यटकीय क्षेत्र महरेडाँडाको सुन्दरता (फोटो फिचर)
पर्यटकीय क्षेत्र महरेडाँडाको सुन्दरता (फोटो फिचर)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २७, २०७९
IMG_9822
म्याग्दी । प्रकृतिले दिएको वरदान पनि ठाउँ र परिवेश अनुसार फरक–फरक हुन्छन् । कहीँ अग्ला हिमालचुलीहरु देखिने टाकुरा, पहाड र डाँडाकाँडा छन् । कतै गहिरो अन्धगल्छी, खोल्साखोल्सी, खोलानाला, तालतलैया, हरियाली वनजङ्गल भेटिन्छन् । प्रकृतिले दिएका वरदान अनेक र थरीथरीका छन् । हिमाली जिल्ला म्याग्दी पनि प्रकृतिले थुप्रै उपहारहरुबाट सिङ्गारिएको छ । यहाँ पर्ने अग्ला हिमालचुलीका साथै सुन्दर झरना, तातोपानीका कुण्ड र मुहानहरुको आकर्षण छुट्टै छ । यसको साथमा म्याग्दीमा पौलस्त्य–पुलहाश्रम, ऐतिहासिक जगन्नाथधाम, डढेकोत, गलेश्वर शिवालयलगायत धार्मिक क्षेत्रहरु पनि अवस्थित छन् । ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको सम्मिश्रणले गर्दा म्याग्दीले पर्यटनमा चर्चा बटुल्ने गर्दछ । पर्यटकीय क्षेत्रहरुमध्ये विश्वमा चर्चित राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने पर्यटकीय क्षेत्र महरेडाँडा पनि एक हो । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा पर्ने महरेडाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको छ । समुद्री सतहदेखि तीन हजार तीन सय १३ मिटरको उचाइमा रहेको पर्यटकीय क्षेत्र महरेडाँडाबाट अग्ला हिमालचुलीसहित मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट संसारको सातौँ अग्लो चुचुरो धौलागिरि रेञ्ज र दशौँ अग्लो अन्नपूर्ण रेञ्जमा पर्ने सबै हिमालहरु देखिन्छन् । महरेडाँडाबाट पुतली, चुरेन, गूर्जा, धौलागिरि, मानापाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, लमजुङ, धम्पुस, मार्दी, मनास्लु, माछापुच्छ्रेसहित विभिन्न नामाकरण गरिएका झण्डै दुई दर्जन हिमालहरु देखिने पर्यटक गाइड कान्छालाल गुरुङले बताउनुभयो । धौलागिरि हिमालमा मात्रै धौलागिरि प्रथमदेखि धौलागिरि छैटौँसम्म विभिन्न छ वटा चुचुराहरु रहेका छन् । महरेडाँडाबाट स्पष्टसँग आँखै अगाडि हिमालहरु देखिन्छन् । साथै अग्लो ठाउँमा भएकाले मौसम राम्रो भएमा पोखराको बजार, फेवाताल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि महरेडाँडाबाट देखिने महरेवासीहरु बताउँछन् । पर्यटकीय क्षेत्र महरेडाँडामा पछिल्लो समय नेपाली पर्यटकहरु धेरै जाने गरेका छन् । फ्रान्स, जर्मनी, अमेरिका, रसियालगायत देशबाट पर्यटकहरु आउने गरेको महरेडाँडा सामुदायिक लजका सुपरभाइजर नवीन पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘यसपटक २०२३ सुरु भएदेखि अहिलेसम्म २ सयभन्दा बढी स्वदेशी र विदेशी पर्यटकहरु आइसकेका छन् । यो सिजनका लागि अझ धेरै बुकिङहरु पनि भइरहेको छ ।’ महरेडाँडाको भ्रमणमा खासगरी स्वदेशी र विदेशी पर्यटकहरु भदौदेखि कात्तिक र फागुनदेखि वैशाखसम्म अधिक जाने गर्दछन् । पदयात्रा गर्न रुचाउनेहरु महरेडाँडा पुग्ने गरेको पाइन्छ । महरेडाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर तथा कास्कीको नयाँपुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै महरे पुगेर रमाउन सकिन्छ । यसैगरी म्याग्दीको बेनीबाट घोरेपानी–पुनहिल भएर पनि महरेडाँडा पुगिन्छ भने पर्वतको मिलनचोक–सालिजा–जलजला हुँदै महरेडाँडा पुगिन्छ । चैत, वैशाखमा महरेडाँडा आसपासको वनजङ्गल क्षेत्रमा ढकमक्क फुल्ने राताम्य लालीगुराँसले पनि पर्यटकहरुलाई खुब लोभ्याउने गर्दछ । महरेडाँडाको वरिपरिबाट छर्लङ्गै देखिने मनोरम हिमश्रृङ्खला, हरियाली वनपाखा, लेकाली जङ्गल, जडीबुटीहरु, तरेली परेका डाँडाकाँडा र पहाडका थुम्का, लोपोन्मुख वन्यजन्तु जनावर तथा चराचुरुङ्गीको समेत अवलोकन गर्न पाउनु महरेडाँडाको थप आकर्षण र विशेषता रहेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १५:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP