शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण
अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, फागुन २७, २०७९
331731160_762820528753574_4862899699177384262_n
काठमाडौं । म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले जिल्लाका अधुरा आयोजना सम्पन्न गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र क्षेत्र (क)बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले शनिबार बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो । संघीय सरकार मार्फत सञ्चालित अधुरा राहुघाट जलविद्युत र ८ वटा सडक सम्बन्धी आयोजना निर्माणलाई गति दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । प्रशासनिक, राजनीतिक र व्यवसायिक पहुँच भएका निर्माण व्यवसायीको अटेरी, आयोजना र कार्यालय प्रमुख तथा सरोकारवालाले चासो नदिनुका साथै पर्याप्त बजेट नआउने, निर्माण व्यवसायीले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री जुटाउन नसक्दा आयोजनाहरु थलिएका हुन् । अधुरा आयोजनाहरुलाई पूर्णता दिनका लागि प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मिनबहादुर श्रेष्ठ, सम्बद्ध विभागीय मन्त्री र मन्त्रालयका अधिकारीहरुसँग भेटघाट र छलफल गरिएको मन्त्री जुग्जालीले बताउनुभयो । मन्त्री जुग्जालीले प्रदेश सरकारका उद्योग, पर्यटन र वन वातावरणसँग सम्बन्धित योजना तथा कार्यक्रम र नीति निर्माणका विषयमा संघीय सरकारबाट सहयोगको अपेक्षा सहित छलफल गरिएको बताउनुभयो । “जिल्ला र हाम्रो तहबाट सिर्जना गरिएको दवावको सुनुवाई र सम्बोधन नभएका केही आयोजनाका विषयमा सम्माननीय प्रधानमन्त्री, विषयगत मन्त्री र अधिकारीहरुसँग भेटेर छलफल गरेका छौ,” उहाँले भन्नुभयो “अधुरा आयोजना सञ्चालन गरेका सरकारी निकायका अधिकारी र निर्माण व्यवसायीलाई प्रधानमन्त्रीले हाम्रै अगाडी फोन गरेर तत्काल काम अघि बढाउन निर्देशन दिनु भएको छ । सम्बद्ध अधिकारी र व्यवसायीले पनि काम अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।” करिब दुई वर्षदेखि रोकिएको बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणको ठेक्का लिएको निर्माण कम्पनी महादेव–खिम्ती–रफिना–गल्वा जेभीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई प्रधानमन्त्रीले काम अघि बढाउन निर्देशन दिनुभएको थियो । यसैगरी राहुघाट जविद्युत, बेनी–जोमसोम–कोरला, पोखरेबगर–चित्रे लगायत संघीय सरकारले सञ्चालन गरेका अधुरा सडक, पुल र भवन आयोजनामा पर्याप्त बजेट व्यवस्थापनका साथै निर्माण अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भएको टोलीले जनाएको छ । बेनी देखि ढोरपाटन हुदै रुकुम र धवलागिरी गाउँपालिकाको गुर्जालाई सडक सञ्जालले जोड्ने सडक, रघुगंगा–म्याग्दी चक्रीय सडक र मोटेरेबल पुल निर्माणका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसँग छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीसँग धौलागिरि, अन्नपूर्ण, गुर्जा हिमालको आधार शिविर र अन्य पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका विषयमा छलफल गरिएको टोलीमा सहभागी धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १९:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP