शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • अर्गानिक फल भित्रको ठेकी भित्र दही छ सामाजिक सञ्जाल देखि टिकटक सम्म चर्चामा
अर्गानिक फल भित्रको ठेकी भित्र दही छ सामाजिक सञ्जाल देखि टिकटक सम्म चर्चामा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, मंसिर ९, २०७६
song photo

थम्मन थापा,सोमबार बागलुङ मंसिर ९ गते ।
आज भोली लोक दोहोरी क्षेत्रले निकै श्रोता र दर्शकको मन जितेको छ । पहिले पहिले गाउँघरमा मात्र सुनिने लोक गीत र दोहोरी गीत अहिले शहर बजार देखि गाउँसम्म निकै गुञ्जन थालेका छन ।

पछिल्लो समय लोक गीत संगीतमा प्रवेश गर्ने नव प्रतिभाहरुको माहोल पनि निकै बढेको छ । अहिले ईन्टरनेट सामाजिक सञ्जाल र युट्युवले गीत संगीतको बजार क्षेत्र निकै फराकिलो बनाएको छ । अहिले लोक गीत संगीत प्रेमी श्रोता दर्शकको मुखमा गुञ्जिरहेको गीत हो अर्गानिक फल गीती एल्वमको ठेकी भित्र दही छ । अहिले युट्युव देखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा धेरैको रोजाईमा यो गीतले कब्जा जमाएको छ ।

गलकोट नगरपालिका १ दुदिलाभाटी बागलुङमा जन्मेका लोकप्रिय सर्जक एवं बिरु कार्कीको गीती एल्वम अर्गानिक फल युट्युवमा सार्वजनिक भएको एक डेढ हप्तामै धेरै श्रोता दर्शकको मन जित्न सफल भएको छ । लोकप्रिय गायिका लक्ष्मी मल्ल अनि बिरु कार्कीको सुमधुर आवाज रहेको उक्त गीतको शब्द आफै गायक कार्कीले तयार पार्नु भएको हो भनें गीतको लय पनि सर्जक एवं गायक कार्की कै रहेको छ । गीतमा पछिल्लो समयमा विभिन्न टेलिश्रृङखलाहरु र गीतहरुमा अभिनय गरेर चर्चा बटुल्न सफल चर्चित मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ ।

गायक कार्कीले उक्त गीतलाई आफनै युट्युव च्यानल बिरु कार्की मार्फत केहि हप्ता पहिले प्रस्तुत गर्नु भएको थियो । गीतलाई चर्चित एरेञ्जर कृष्ण केसीले एरेञ्ज गर्नु भएको छ । राग स्टुडियो काठमाण्डौमा गीतको अडियो रेकर्ड गरिएको थियो । पर्यटकीय गन्तव्य मुस्ताङका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएको गीतको भिडियोमा निर्देशन चर्चित निर्देशक सुनिल क्षेत्रीले गर्नु भएको छ । माया पिरतीमा आधारित कथावस्तु गीतमा समेटिएको छ । सर्जक एवं गायक कार्कीले यस भन्दा अगाडी पनि गीतहरु आम श्रोता दर्शक माँझ पस्किसक्नु भएको छ । गीतको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

https://youtu.be/cZ-JiNnzYfk


प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १३:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP