शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू
बेनीमा ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरू
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २, २०७९
myagdi-league-2-1
म्याग्दी । सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा बुधबारदेखि ‘म्याग्दी कप’ लिग फुटबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी कप २०७९ ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटवल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म संचालन हुने लिग फुटवल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो। मन्त्री जुग्जालीले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारको अनिवार्य आवश्यक पर्ने बताउनुभयो । ‘खेलकुदको पूर्वाधार भए खेलाडीलाई सहज हुन्छ, जिल्लाभित्रका अलपत्र योजनामा खेलमैदान समेत छन्, पूर्णता दिन निरन्तर ताकेता गरिरहेको छु’ मन्त्री जुग्जालीले भन्नुभयो । सोही अवसरमा बेनी नगरपालिकामा मेयर सुरत केसीले नियमित बजेटबाट खेलकुद क्षेत्रको विकास सम्भव नभएकाले पहुँचबाटै बजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाको प्रयासमा सदरमुकाम बेनीको खेलमैदानको काम भइरहेपनि प्रयाप्त बजेट नभएको जानकारी गराउनुभयो । सोही अवसरमा प्रमुख जिल्ला अधिकरी तुलसीराम पौडेलले खेलकुद गतिविधिलाई मर्यादित र खेलमैत्री बनाउनुपर्ने बताउनुभयो । उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद हरि भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, खेलाडीको उपस्थिती रहेको थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी कपका संयोजक बिक्रम सुबेदी, स्वागत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र सञ्चालन पत्रकार कृष्ण जिसीले गरेका थिए । म्याग्दीमा पहिलोपटक सुरु भएको लिग खेल १० दिनसम्म संचालन हुने छ । आमन्त्रित म्याग्दी जिल्ला लिग फुटवल प्रतियोगितामा १० क्लवको सहभागिता रहेको म्याग्दी कप ब्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताउनुभयो । प्रतियोगितामा समुहबाट विजेता र उपविजेता सेमिफाईनलमा प्रवेश गर्ने छन् ।सेमिफाईनलमा समुह ए को विजेता र समुह वि को उपविजेता र समुह वि को विजेता र समुह ए को उपविजेता विच प्रतिस्पर्धा हुनेछ । म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । लिग फुटवल प्रतियोगितामा अनुशासित क्लव र उतकृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उतकृष्ट गोलकिप्पर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयासहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १३:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP